हेटौंडामा एमालेको जागरणसभा

हेटौंडा/नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । हेटौंडाको मुख्यबजारमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जागरणसभा आयोजना गरेको हो । सभा सुरु हुनुअगाडि हेटौंडा बजारको चारैतिरबाट र्‍याली निकालिएको थियो । हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्री गरी चार स्थानबाट र्‍याली निस्किएर मेनरोडको लोकतान्त्रिक चोकमा कोणसभा गरिएको थियो । सभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरुलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए ।

मुलुक फेरि पुरानो अवस्थामा फर्कन नसक्ने दाबी गर्दै उनले गणतन्त्रविरुद्ध भइरहेका षडयन्त्रविरुद्ध एकजुट हुन आमलोकतन्त्रवादीलाई आग्रह गरे । केन्द्रीय सदस्य रानाले समृद्ध र सुखी नेपाल निर्माण, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत् विकासका लागि एकजुट हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले राजावादीहरुको अराजकताले सीमा नाघेको बताए । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोखरेलले बताए । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको हो । गणतन्त्रमाथि भइरहेको प्रहारबारे जनमानसलाई सचेत पार्नका लागि नेकपा एमालेले हेटौंडामा आयोजना गरेको जागरणसभाअन्तर्गत् मनहरीबाट हेटौंडासम्म मोटरसाइकल र्‍याली गरिएको छ । नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापनमा मोटरसाइकल र्‍याली गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

‘अलबिदा’ लेखेका डाक्टर सकुशल फेला

हेटौंडा/फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन् । सामाजिकसञ्जालमा ‘अलबिदा’ लेखेका डा. केशब श्रेष्ठलाई प्रहरीले काठमाडौंमा सकुशल फेला पारेको हो...

बागमतीमा ‘हेल्लो सियम डेस्क’ स्थापना गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘हेल्लो सियम डेस्क स्थापना’ कार्यक्रम समेटेको छ । प्रदेशवासी नागरिकले भोग्नुपरेको समस्या,...

वडा अध्यक्ष सिग्देलको केन्द्रीय लेखा आयोग सदस्यमा उम्मेद्वारी

मकवानपुर । काठमाडौंमा जारी नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट प्रतिनिधि भएर गएका नवीन सिग्देलले केन्द्रीय सदस्यमा आफ्नो उम्मेद्वारी दिएका छन् । हेटौँडा–४...