स्थापना दिवसमा विद्यालयलाई विविध सामग्री

हेटौंडा/औषधी व्यवसायी संघ मकवानपुरले स्थापना दिवसका अवसरमा हेटौंडा–११ स्थित शंकरज्योति माविलाई विविध सामग्रीहरु हस्तान्तरण गरेको छ ।
कार्यक्रम संघ अध्यक्ष नारायणलाल श्रेष्ठले केक काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयलाई शैक्षिक सामग्री, डिजिटल घडी, प्राथमिक उपचार बाकसलगायत सामग्री विद्यालयका प्रअ महेशकुमार रिजाललाई हस्तान्तरण गरिएको हो । औषधी व्यवसायी संघ केन्द्रीय सदस्य कपिला जोशीले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगद ५ हजार ५ सय सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

संघ जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रम अनिश सुबेदी र किसन न्यौपानेको संयोजकत्वमा भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य जोशी, बागमती प्रदेश सदस्य संघर्ष गुरुङ, जिल्ला महासचिव भरत कार्की, सचिव यादब अर्याल, सल्लाहकार विष्णु थापा, विद्यालयका प्रअ रिजालसहित शिक्षकहरुको आतिथ्यता थियो । संघले विद्यालयलाई परेका समस्यामा हातेमालो गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

बागमतीमा ७ मन्त्रालय सीमित गर्न विपक्षीको सुझाव

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश सभा संसदीय दलले प्रदेशमा रहेको १४ मन्त्रालय संख्या घटाएर ७ वटामै सीमित गर्न प्रस्ताव गरेको छ। बागमती...

बागमती सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका खनाल नियुक्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाल नियुक्त भएका छन् । विहिबार दिउँसो हेटौँडामा बसेको बागमती प्रदेश सरकारको...

रोजगारीका क्षेत्र पहिचान गर्न नसक्दा युवाहरु विदेश

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारीका क्षेत्र पहिचान गर्न नसक्दा युवाहरु विदेश पलायन भएको बताएका छन् । बागमती प्रदेश उद्योग परिसंघ र सामाजिक विकास...