मकवानपुरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो

मकवानपुर। सरकारले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत मकवानपुरमा करिब चौत्तिस हजार बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ ।

सरकारले देशैभर गत विहिबार र शुक्रबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको हो । सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र ७ वैशाख गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

तर, यस वर्ष नेपालीहरुको दोस्रो ठुलो चाड तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेका अनुसार जिल्लाका १० स्थानीय तहहरुमा ४७२ जना महिला स्वयमसेविकालाई परिचालन गरि दुईदिने अभियान सम्पन्न गरिएको छ ।

उहाँका अनुसार यस अभियानमा करिब चौतिस हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको हो ।

यसअघि ६ महिनादेखि ६ वर्ष सम्मका ३४ हजार २३५ बालबालिकाहरुलाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार १ देखि १० वर्ष सम्मका ३० हजार ४४१ बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य राखिएको थियो ।

कार्यालयका अनुसार दश पालिकामध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १६ हजार ९१ बालबालिकालाई भिटामिन ‘ए’ र १४ हजार २०३ बालबालिकालाइ जुकाको औषधी खुवाइने लक्ष्य लिइएको थियो । सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका ८०१ जना बालबालिकालाई भिटामिन ‘ए’ र ७०४ लाई जुकाको औषधी खुवाउने लक्ष्य कार्यालयले राखेको थियो ।

त्यस्तै जिल्लाको थाहा नगरपालिकाका २ हजार ६६७, कैलाश गाउँपालिकाका १ हजार ४३४, राक्सिराङ गाउँपालिकाका १ हजार ८९७, मनहरी गाउँपालिकाका ३ हजार ५३९, भीमफेदी गाउँपालिकाका १ हजार ३८४, मकवानपुरगढी गाउँपालिकाका १ हजार ६६५, बकैया गाउँपालिकाका २ हजार ६२८ र बागमती गाउँपालिकाका २ हजार १२९ गरी जम्मा ३४ हजार २३५ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य कार्यालयले लिएको जनस्वास्थ्य अधिकृत घिमिरले बताउनुभयो ।

यता, थाहा नगरपालिकाका २ हजार ३८९, कैलाश गाउँपालिकाका १ हजार २६३, राक्सिराङ गाउँपालिकाका १ हजार ६७९, मनहरी गाउँपालिकाका ३ हजार ११६, भीमफेदी गाउँपालिकाका १ हजार २२१, मकवानपुरगढी गाउँपालिकाका १ हजार ४६८, बकैया गाउँपालिकाका २ हजार ५३० र बागमती गाउँपालिकाका १ हजार ८७५ गरी जम्मा ३० हजार ४४१ बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य कार्यालयले लिएको थियो ।

“राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम सफल भएको छ । यद्यपी , हाम्रो लक्ष्य अनुरुप कति बालबालिका यस कार्यक्रममा सहभागि भए भन्ने एकिन तथ्याकं आउन बाँकि रहेको छ । यो नियमित खोप अभियान हो । हरेक पालिकाको एक वडामा यो कार्यक्रम सञ्चालन भएको छ । स्वास्थ्य संस्थाहरुले सिस्टममा इन्ट्रि गरेपछि एकिन डाटा आउनेछ ।” अधिकृत घिमिरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

हेटौंडामा नयाँ खेल मैदान बनाईने

मकवानपुर । मकवानपुरको हेटौंडामा नयाँ सार्वजनिक मैदान निर्माणकाे तयारी भईरहेकाे छ । हेटौंडा -४ नम्बर वडास्थित भुटनदेवी माध्यमिक विद्यालयकाे पूर्वी क्षेत्रमा खेल मैदान निर्माण गर्न...

हेटौँडा सडक विस्तार मुद्धाको पेसी पुनःसर्‍यो

मकवानपुर । हेटौँडाको मुख्य बजार क्षेत्र भित्रका २५ मिटर सडक विस्तारविरुद्ध सर्वाेच्च अदालतमा दायर रिट पुनः ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । मंगलबार न्यायाधीशद्वय नहकुल...

घरजग्गा कारोबार नीतिगत् समस्याका कारण अझै दबाबमा

माधब न्यौपाने हेटौंडा/अर्थतन्त्र चलायमान बनाउने मुख्य व्यवसायका रुपमा रहेको घरजग्गा कारोबारमा विभिन्न नीतिगत् समस्याका कारण अझै पनि दबाब कायम छ । सरकारलाई राजस्व संकलनदेखि आर्थिक...