मकवानपुर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट निर्वाचनमा बागमती प्रदेशका श्रम रोगगार तथा यातायात मन्त्री जयराम थापा पराजित भएका छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट खुल्ला तर्फ प्रतिनिधिको उम्मेदवार बनेका उनी पराजित भएका हुन्।
खुला तर्फ १३ जना उम्मेद्वार रहेकोमा मन्त्री थापा पराजित भएका हुन्। खुला तर्फ २ जना प्रतिनिधि छनोटका लागि १३ जनाको उम्मेद्वारी परेको थियो।
५ जना प्रतिनिधिका लागि भएको निर्वाचनमा श्री कृष्ण श्रेष्ठ, उद्धव खरेल, सुनिता गुरुङ, सरस्वती कार्की र प्रकाश कटुवाल निर्वाचित भएका छन्।
५ जना प्रतिनिधिका लागि यस क्षेत्रमा २७ जनाको उम्मेदवारी दर्ता भएको एमाले काठमाडोँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए।




