उम्मेद्वारी दर्ता पछि डिना र बुद्धको हात उठाउदै बानियाँले भने, ‘कांग्रेस एकताको बाटोमा हिडिसक्यो ’

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर कांग्रेसमा कुनै पनि प्रकारको विवाद नरहेको स्पष्ट पारेका छन् ।

कांग्रेसभित्र भएको नियमित र विशेष महाधिवेशन नेतृत्वको स्वाभाविक प्रतिस्पर्धा मात्रै भएको र त्यो प्रक्रिया निर्वाचनकै क्रममा सम्पन्न भइसकेको उनको  भनाइ छ ।

मंगलबार प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर– १ र २ का कांग्रेस उम्मेद्वारहरुको मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री बानियाँले अब टिकट बाँडफाँटको विषय टुंगिए लगतै त्यसअनुसार नेताहरूबीच एकता कायम भइसकेको बताए।

उनले भने , “ अब कांग्रेस एकताको बाटोमा हिडिसक्यो । टिकट लिएर नियमित अधिवेशन खोज्ने र विशेष महाधिवेशन रोज्ने सबै नेताबीच एकता भइसकेको छ । ”

बागमती प्रदेश सभापतिको हैसियतले दुवै उम्मेद्वारलाई समेटेर अघि बढिसकेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरे ।

कांग्रेस एकताबद्ध भएर निर्वाचनमा होमिएको र मकवानपुरमा पार्टीको जित पक्का रहेको मुख्यमन्त्री बानियाँको दावी रहेको छ ।

आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर– १ बाट डिना उपाध्याय र क्षेत्र नम्बर– २ बाट बुद्ध लामाले मनोनयन दर्ता गराएका छन्। मुख्यमन्त्री बानियाँको उपस्थितिमा उम्मेद्वारहरुको मनोनयन दर्ता गरिएको हो ।

पार्टीकी निवर्तमान सहमहामन्त्रीसमेत रहनुभएकी पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना) र २ नम्बर क्षेत्रबाट पार्टी जिल्ला सभापति बुद्ध लामालाई  कांग्रेस मकवानपुरले उम्मेद्वार बनाएको हो ।

डिना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि १ नम्बर क्षेत्रबाट उम्मेद्वार बनेकी थिइन् । सो बेला उनी राप्रपाका दिपक सिंहसँग पराजित भएकी थिइन् ।

यसैगरी, जिल्ला सभापति लामा पहिलो पटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । लामाले २ नम्बर क्षेत्रबाट ठूला दल नेकपा एमालेका महेश बर्ताेला र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का लवशेर विष्टसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

नेपाल मोबाइल व्यवसायी महासंघको महाधिवेशनमा मकवानपुरबाट उम्मेद्वारी घोषणा

मकवानपुर । नेपाल मोबाईल व्यवसायी महासंघ (म्यान)को तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं  साधारणसभा आगामी  जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनको...

थपिए तीन हजार बढी मतदाता

मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मतदाता नामावली संकलन भइरहँदा मकवानपुरमा पनि उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको छ । गत असोज ९...

निष्पक्ष सक्रियताको अभ्यासलाई आत्मसात् गर्नुपर्ने

हेटौंडा/थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्टको २६ औं स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । मकवानपुरको हेटौंडामा रुपचन्द्र बिष्ट स्मारक समिति र नरबहादुर...