जन्मदिनमा बहिरा तथा सुस्त श्रवण विद्यालयलाई टेलिभिजन सहयोग

मकवानपुर । हेटौंडा–५ सानोपोखरा घर भई हाल न्युजल्याण्ड निवासी श्रेया श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व निभाउँदै बहिरा बालबालिकाका लागि टेलिभिजन सहयोग गरेकी छन् ।

श्रेष्ठले हेटौंडा–६ स्थित श्री शान्ति बहिरा तथा सुस्त श्रवण आवासीय आधारभूत विद्यालयका विद्यार्थीहरूको पठनपाठन सहयोग तथा मनोरञ्जनका लागि ३२ इन्चको स्मार्ट टेलिभिजन उपलब्ध गराएका हुन् ।

उक्त टेलिभिजन सेट बाल क्लबका अध्यक्ष सबिना जिम्बा र विद्यालयकी प्रधानाध्यापक शर्मिला खतिवडालाई श्रेयाका बुबा ईश्वर श्रेष्ठ र आमा सुस्मा श्रेष्ठले हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।

आवासीय रूपमा बस्दै आएका बहिरा विद्यार्थीहरूका लागि शैक्षिक सामग्री, संकेत भाषामा आधारित कार्यक्रम तथा जानकारीमूलक भिडियो हेर्न टेलिभिजन उपयोगी हुने विद्यालयको भनाइ छ ।

टेलिभिजन हस्तान्तरण कार्यक्रमम उपस्थित हुनुभएको हेटौंडा स्थित संगम आर्टस्का प्रोपाइटर कृष्ण श्रेष्ठले विद्यालयलाई आवश्यक ब्यानर, बिल तथा छपाइ सम्बन्धी सम्पूर्ण कामहरू निशुल्क गरिदिने बताए ।

शान्ति बहिरा तथा सुस्त श्रवण आवासीय विद्यालयमा मकजानपुर सहित विभिन्न जिल्लाका ४० जना बहिरा तथा सुस्त श्रवण भएका विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

बालयौन शोषण रोकथामबारे अन्तर्क्रिया

हेटौंडा/अनलाइनमा बालयौन शोषण रोकथामसम्बन्धि स्थानीय र प्रदेशस्तरीय सरोकारवालाबीच अन्तर्क्रिया भएको छ । सिविन नेपाल मकवानपुरको आयोजनामा इन्टरनेट अनलाइनमा बालबालिका संरक्षण कसरी गर्ने भन्ने विषयमा...

नेपाल मोबाइल व्यवसायी महासंघको महाधिवेशनमा मकवानपुरबाट उम्मेद्वारी घोषणा

मकवानपुर । नेपाल मोबाईल व्यवसायी महासंघ (म्यान)को तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं  साधारणसभा आगामी  जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनको...

मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले ‘हल्ट प्राइज’ प्रतियोगिता गर्दै

मकवानपुर । मकवानपुरको हेटौंडा–२ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसले ‘हल्ट प्राइज’ प्रतियोगिता आयोजना गर्ने भएको छ । क्यामपसमा करिब पाँच वर्ष पछि आयोजना हुने भएको...