श्रम, रोजगार र यातायात क्षेत्रमा ‘जिरो टोलरेन्स’ लागू

मकवानपुर । बागमती प्रदेश सरकारले श्रम, रोजगार तथा यातायात क्षेत्रमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) नीति कडाइका साथ कार्यान्वयनमा ल्याएको जनाएको छ ।

सोमबार श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका मन्त्री जयराम थापाले सेवा प्रवाहका क्रममा हुने अनियमितता, ढिलासुस्ती र बेथिति अन्त्य गर्न मन्त्रालय अन्तर्गतका सबै कार्यालयहरुलाई स्पष्ट निर्देशन दिइएको उल्लेख गरे ।

साथै, सेवाग्राहीलाई सहज, छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्न बिचौलियालाई कार्यालय प्रवेशमा निषेध गरिएको उनले जानकारी दिए ।

मन्त्री थापाका अनुसार सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्यका साथ नीतिगत, संरचनागत र कार्यान्वयन तहमा सुधार अघि बढाइएको छ । सवारी दर्ता, चालक अनुमतिपत्र लगायतका सेवाहरुलाई डिजिटल माध्यममार्फत सरल र पारदर्शी बनाउने कार्य भइरहेको उनले बताए ।

मन्त्रालयमार्फतका सेवा प्रवाहमा देखिएका कमजोरीप्रति मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै उनले सम्बन्धित कार्यालय प्रमुख र कर्मचारीलाई जिम्मेवार, जवाफदेही र सेवामुखी बन्न निर्देशन दिइएको बताए । जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा सुधार गर्नु मन्त्रालयको पहिलो प्राथमिकता रहेको उनको भनाई रहेको छ ।

यस्तै, पछिल्लो समय सीपमूलक तालिम, उद्यमशीलता विकास तथा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले स्वरोजगार उन्मुख तालिमहरु सञ्चालनमा ल्याइएको र श्रमिकको सामाजिक सुरक्षा तथा हकअधिकार प्रवद्र्धनमा पनि जोड दिइएको छ ।

आगामी दिनमा रोजगारीका अवसर विस्तार, श्रमिक अधिकार संरक्षण, सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन तथा यातायात प्रणालीको व्यवस्थित विकासमा थप प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता मन्त्रालयले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

हेटौंडा उपमहानगरको निर्णयः प्रभावितका लागि सहुलियतपूर्ण ऋण, कर छुट र आवास व्यवस्थापन

मकवानपुर  । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्र हुँदै जाने महेन्द्र राजमार्गको दायाँ–बायाँ सडक विस्तारका कारण प्रभावित घरधनी र व्यवसायीलाई राहत तथा सहजीकरण गर्ने निर्णय गरेको...

बागमतीको बजेट ४ अर्ब बढी सोझै, बाँकीमा पनि सांसद्कै नजर

सुनिता बिष्ट हेटौंडा/बागमती प्रदेश सरकार यतिबेला आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा योजना निर्माणमा जुटिरहेको छ । प्रदेशसभामार्फत् बजेट ल्याउने तयारीमा जुटिरहेको बागमती प्रदेश...

मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले ‘हल्ट प्राइज’ प्रतियोगिता गर्दै

मकवानपुर । मकवानपुरको हेटौंडा–२ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसले ‘हल्ट प्राइज’ प्रतियोगिता आयोजना गर्ने भएको छ । क्यामपसमा करिब पाँच वर्ष पछि आयोजना हुने भएको...