इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, मूल्य समायोजनको माग

मकवानपुर। बागमती प्रदेश निर्माण व्यवसायी महासंघले इन्धन तथा निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ ।

महासंघले सोमबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो अवस्था कायम रहे निर्माण उद्योग पूर्ण रुपमा ठप्प हुने चेतावनी दिएको छ ।

महासंघका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण डिजेल, पेट्रोल, मट्टीतेललगायत इन्धनको मूल्य लगातार बढिरहेको छ । यसको प्रत्यक्ष असर बिटुमिन, सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीमा परेको र बजारमा अभावसमेत देखिएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले यस अवस्थालाई ‘सुनामी’ जस्तै प्रभावकारी भन्दै पूर्वाधार क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा समेत गम्भीर असर पर्न थालेको जनाएको छ । निर्माण कार्य सुस्त हुँदा लाखौं श्रमिक र यससँग सम्बन्धित अन्य उद्योगहरु आर्थिक रुपमा प्रभावित भएको महासंघको ठहर छ ।

महासंघका अध्यक्ष छत्र बहादुर तामाङले निर्माण व्यवसायीहरुलाई तत्काल राहत दिन र उद्योग ध्वस्त हुनबाट जोगाउन सरकारसँग आग्रह गर्नुभएको छ । “हामी सरकारसँग आन्दोलनको बाधयात्मक स्थिति सिर्जना नगर्न आग्रह गदछौं । ” उहाँले भन्नुभयो ।

सरकारसँग पटक–पटक ध्यानाकर्षण गराए पनि ठोस समाधान नआएको गुनासो गर्दै महासंघले यसप्रति गम्भीर भएर तत्काल कदम चाल्न माग गरेको छ । विशेषगरी, राष्ट्र बैंकको सूचकाङ्कअनुसार हुने मूल्य समायोजन प्रणाली व्यवहारिक नभएको भन्दै निर्माण सामग्रीको वास्तविक मूल्यअनुसार समायोजन गर्नुपर्ने माग गरिएको छ ।

महासंघले हालको परिस्थितिमा अधिकांश साना–ठूला आयोजना प्रभावित भई काम ठप्प हुने अवस्थामा पुगेको जनाएको छ । साथै, तोकिएको समयमा आयोजना सम्पन्न हुन नसक्ने भएकाले बैंक ग्यारेन्टी, बीमा तथा क्षतिपूर्तिसहित म्याद थपका लागि आवश्यक पहल गर्न सरकारसँग अनुरोध गरिएको छ ।

आईतबार आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेश निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार बुढाथोकी, उपाध्यक्ष्य उमानन्द कँडेल, कोषाध्यक्ष राजेन्द्र उप्रेती, सह कोषध्यक्ष दिल बहादुर बोम्जन लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

मकवानपुरका दुग्ध किसानलाई १४ करोडभन्दा बढी रकम अड्कियो

मकवानपुर। मकवानपुरमा दुग्ध उद्योगहरुले लामो समयदेखि किसानलाई दुधको भुक्तानी नगर्दा हजारौँ किसान आर्थिक दबाबमा परेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार करिब चार...

प्रभावितको माग सम्बोधन गरेर मात्र सडक विस्तार अगाडि बढाउनुपर्छः अध्यक्ष रानाभाट

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले हेटौँडा बजार क्षेत्रका घरधनी र व्यवसायीका मागको उचित सम्बोधन गरेर मात्र सडक विस्तार थालनी गरिनुपर्ने...

सामुदायिक विद्यालयप्रति भरोसा गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

मकवानपुर । हेटौंडा–४ का वडा अध्यक्ष सिग्देलले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको भन्दै आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विद्यालयमै भर्ना गराउन...