लाइसेन्स छाप्न सुरक्षण मुद्रण विभागको अनुमति कुर्दै बागमती प्रदेश सरकार

 

मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि अत्याधुनिक क्षमता भएको ५ थान मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरेको छ ।

उक्त एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा सवारी चालक अनुमति पत्र छाप्न सक्ने क्षमता राख्दछ । तर, सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले खरिद गरिएका मेसिन सञ्चालनमा आउन सकेको छैन ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय मन्त्री जयराम थापाका अनुसार, सवारी चालक अनुमति परीक्षा उत्तीर्ण गरेका तथा नविकरणका लागि राजस्व तिरेका हजारौं नागरिक अझै लाइसेन्स पर्खाइमा छन्न् । आवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरे पनि लाइसेन्स समयमै नपाउँदा सेवाग्राहीले असुविधा भोग्नुपरेको छ ।

मन्त्री थापाले भन्नुभयो “जेन जी प्रदशनका क्रममा मन्त्रालय र जिल्ला स्थित केही कार्यालयहरु क्षति भएपनि हामीसँग प्राविधिक तयारी पूरा भइसकेको छ, तर सुरक्षण मुद्रण विभागको स्वीकृतिबिना कानुनी अड्चनका कारण छपाइ सुरु गर्न सकिएको छैन।”

सुरक्षण मुद्रण ऐन २०८१ को दफा ९ को उप दफा ३ मा भएको व्यवस्था बमोजिम प्रदेश सरकारले जनतामुखी सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित यो पहल अघि बढाएको हो ।

अनुमति पत्र छपाइ प्रदेश तहमै गर्न सकिने व्यवस्था मिलाउन सके जनतालाई सेवा छिटो र सहज हुने अपेक्षा प्रदेश सरकारले गरेको छ ।

हाल बागमती प्रदेशको १२ लाख र देश भरका १३ लाख गरि २५ लाख बढी सवारी चालक अनुमतिपत्र छप्न बाँकी छ । अहिले केन्द्रबाट छपाइ हुनुपर्ने व्यवस्थाका कारण छपाई ढिलो हुने, सामग्री ढुवानी र वितरणमा समय लाग्ने, तथा जनताले अनावश्यक दुःख भोग्नु पर्ने अवस्था कायम छ ।

बागमती प्रदेश सरकारले संघीय सरकारलाई आवश्यक स्वीकृतिका लागि पटक–पटक पत्राचार गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन र निर्णय नआएको मन्त्रालयले जनाएको छ ।

“जनताको हितका काममा हामी प्रतिबद्ध छौं। आवश्यक अनुमति प्राप्त भए लगत्तै छपाइ प्रक्रिया सुरुगर्ने गरि तयारी गरिएको छ ।” बागमती प्रदेश सरकार श्रम ,रोजगार तथा यातायात मन्त्रालयका सचीव वीरेन्द्र देव भारतीले भन्नुभयो ।

जनता सहज सेवा पाउने आशामा रहँदा अनुमति प्रक्रियाको ढिलासुस्तीले प्रदेश सरकारको जनउत्तरदायित्वपूर्ण प्रयासलाई संघीय सरकारले समन्वय गरेर अनुमति छिटो दिने हो भने हजारौं सेवाग्राहीले समयमै लाइसेन्स पाउने र सरकारप्रतिको जनविश्वास अझ बलियो हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

सिस्नेरी दक्षिणकाली सडक खण्डमा ईभी घटना हुँदा ९ भारतीय नागरिक घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा...

९ महिनामा बागमतीको ८३ किलोमिटर सडक कालोपत्रे

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ८३ किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु...

एमाले महाधिवेशनः प्रतिनिधिको निर्वाचनमा मन्त्री नै पराजित

मकवानपुर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट निर्वाचनमा बागमती प्रदेशका श्रम रोगगार तथा यातायात मन्त्री जयराम थापा पराजित भएका छन्। काठमाडौँ...