हेटौंडामा नयाँ खेल मैदान बनाईने

मकवानपुर । मकवानपुरको हेटौंडामा नयाँ सार्वजनिक मैदान निर्माणकाे तयारी भईरहेकाे छ ।

हेटौंडा -४ नम्बर वडास्थित भुटनदेवी माध्यमिक विद्यालयकाे पूर्वी क्षेत्रमा खेल मैदान निर्माण गर्न लागिएकाे हाे ।

नियमित खेलकुद गतिविधि सञ्चालन गर्न, सार्वजनिक कार्यक्रम सञ्चालन गर्न र नियमित व्यायामका क्रीयाकलाप सञ्चालन गर्ने उदेश्यले बहुउदेश्यीय मैदान निर्माण गर्न लागिएकाे हेटौंडा ४ नं. वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले बताए ।

तत्काल मैदानकाे सरसफाई कार्य अगाडि बढाईएकाे र वडा, उपमहानगरपालिका, प्रदेश, संघीय सरकारकाे सहयाेग जुटाएर सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने उदेश्य रहेकाे अध्यक्ष सिग्देलले बताए ।

यता, खेल मैदान निर्माण पश्चात् विभिन्न विद्यालय, क्लबहरूले विभिन्न खेलकाे आयाेजना गर्नसक्ने र संघ, संस्था, संगठन र दलहरूले विद्यालयको नितिभित्र रहेर कार्यक्रम आयाेजना गर्न सक्ने विद्यालयका प्रअ सूर्यप्रसाद घिमीरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

रुदानेको “थाहाँ’ यात्राः यथार्थवादी दर्शन

रुपचन्द्र विष्ट, रुदाने नेपालको समकालीन इतिहासमा ती दुर्लभ पात्रहरूमध्येकै एक हुन् । जसले सत्ता, शिक्षा, साक्षरता र चेतनालाई केवल भाषण र नाराको रूपमा होइन,...

बागमतीमा १ हजार ६५८ सवारी दुर्घटना, २८१ ले गुमाए ज्यान

मकवानपुर  । गत असारमा बागमती प्रदेशको चितवन जिल्लामा बस र माइक्रो ठोक्किँदा गर्भवती महिलासहित सात जनाको मृत्यु भयो । सोहि दुर्घटनामा १८ जना घाइते भए...

राक्सिराङमा घरघरमै सरकारको सेवा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले स्थानीयको सहजताको लागि सबै सेवा एउटै ठाउँबाट प्रदान गरेको छ । सोमबार गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी देखि पञ्जिकरण विभागका अधिकारी देखि...