लैङ्गिक हिंसा विरुद्ध समन्वय सुदृढ गर्न हेटौंडामा प्रदेश स्तरीय सम्मेलन हुँदै

मकवानपुर । लैङ्गिक हिंसा विरुद्धको प्रतिकार्य संयन्त्रलाई सुदृढिकरण गर्ने उद्देश्यले (भोलि) विहिबार बागमती प्रदेश स्तरीय सम्मेलन हेटौंडामा हुने भएको छ ।

एक्सोनेट नेपालको आर्थिक सहयोग तथा मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान, महिला अधिकारका लागि राष्ट्रिय अभियान, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्ध जिल्ला सञ्जाल मकवानपुर र यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनको सयुक्त समन्वय र सहकार्यमा सममेलन आयोजना गर्न लागिएको बुधबार पत्रबार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्य रहेको आयोजकले जनाएको छ ।

सम्मेलनलाई बागमती प्रदेश सभाकी उप सभामुख अप्सरा चापागाईंले उद्धाटन गर्नुहुनेछ ।

सम्मेलनमा महिला, किशोरी तथा लैङ्गिक अल्पसंख्यकहरूलाई लक्षित गरी हुने विभिन्न प्रकारका हिंसा रोकथाम, पीडितलाई न्याय तथा पुनःस्थापना सुनिश्चित
गर्ने उपायबारे छलफल हुने बताइएको छ ।

लैङ्गिक हिंसा न्युनीकरणका निम्ति प्रदेश सरकारको भूमिका, संघीय सरकारसँगको समन्वय तथा स्थानीय तहसँगको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित सम्मेलन गरिन लागेको आयोजकले जनाएको छ ।

सम्मेलनमा १७ जिल्लाका महिला अधिकारकर्मी, हिंसा पीडित, पालिका र वडाका प्रतिनिधि, र संघ प्रदेशका प्रतिनिधि गरी ८० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

कार्यक्रमको दोस्रो सत्रमा प्यानल डिस्कन हुने बताइएको छ । जसमा समामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोरा, उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता अशोक राज रेग्मी, महिला तथा बालबालिकाका मन्त्रालयकी उप सचीव रोशनी कार्कीको भूमिका रहने बताइएको छ ।

प्यानल डिस्कसनमा सहजकर्ताको रुपमा महिला अधिवक्ता अप्सरा बस्नेत रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

हेटौंडाका ढकाल ५ दिन देखि बेपत्ता

मकवानपुर । मकवानपुरका ३७ वर्षीय युवक ५ दिन देखि बेपत्ता भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ विकास टोलका सन्तोष ढकाल गत सोमबार...

कैलाशमा अभिभावक शिक्षा कार्यक्रम सुरु

मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको सुरुवात गरेको छ । विहीबारबाट सुरु भएको कार्यक्रम शनिबार सकिने...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्काे विरोध, माफी माग्न र राजीनामा दिनसम्मको माग

मकवानपुर । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर बागमती प्रदेशसभामा तीव्र विरोध भएको छ । प्रदेशसभा सदस्यहरुले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रिय हितविपरीत, आपत्तिजनक...