मकवानपुर । मकवानपुरका ३७ वर्षीय युवक ५ दिन देखि बेपत्ता भएका छन् ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ विकास टोलका सन्तोष ढकाल गत सोमबार (११ जेठ) देखि बेपत्ता भएका हुन् ।
परिवार स्रोतका अनुसार गत सोमबार उनी विहान करिब ११ बजेदेखि घरबाट निस्किएका थिए । उनी घरबाट निस्केदेखि आज सम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् ।
बेपत्ता युवक कमाने- ८ विकासटोलमा दुई छोरी र श्रीमतीसङ्ग आफ्नै निवासमा बस्दै आएका थिए ।
परिवार स्रोतले युवकको खोजी कार्यमा सहयोग गरिदिनहुन प्रहरी प्रशासन तथा सबैमा अनुरोध गरेको छ । बेपत्ता युवक भेटाएको खण्डमा ९८२०७३५६२४ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।




