बागमतीमा १ हजार ६५८ सवारी दुर्घटना, २८१ ले गुमाए ज्यान

मकवानपुर  । गत असारमा बागमती प्रदेशको चितवन जिल्लामा बस र माइक्रो ठोक्किँदा गर्भवती महिलासहित सात जनाको मृत्यु भयो ।

सोहि दुर्घटनामा १८ जना घाइते भए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– ३ स्थित खहरे पुलमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको थियो ।

अन्दाजी ३५ वर्षीया मृतक महिला आफ्नो गर्भको सन्तानलाई संसार देखाउन अस्पताल हिडेकी थिइन । अन्ततः उनी श्रीमान र सासुसहित बाटोमै अस्ताइन । उक्त भयानक दुर्घटनाको प्रारम्भिक कारण तीव्र गति र सम्भावित ब्रेक फेल भएको प्रहरीको अनुमान थियो ।

यस्तै, गत पुषमा काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी ६ जनाले ज्यान गुमाए । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी साँझ सडकबाट १०० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार छ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा ५ पुरुष र एक महिलाले ज्यान गुमाएका थिए । सोहि दुर्घटनामा ३ जना घाइते भए । दुर्घटनामा घाइते भएकी १२ वर्षीया छोरी अभ्यास लम्सालले सुमोमा सँगै सवार रहेकी आमा सविता लम्साललाई गुमाउनु प¥यो ।
यी दुवै घटना सडकमा हुने सवारी दुर्घटनाका प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता घटनाका कारण दिनहुँजसो घाइते र मृतकको संख्या बढीरहेको छ ।

बागमतीमा १० महिनामा १ हजार ६५८ सवारी दुर्घटना, २८१ ले गुमाए ज्यान

बागमती प्रदेशमा चालु आर्थिक वर्षको वैशाख मसान्त सम्ममा १ हजार ६५८ सवारी र्दुघटना भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमतीका अनुसार उपत्यका बाहेकका १० जिल्लामा बितेका दश महिनामा २८१ जनाले ज्यान गुमाएका छन् भने ३ हजार २९६ जना घाइते भएका छन् ।

गत आर्थिक वर्ष २०८१/०८२ मा यी दश जिल्लामा २ हजार ४२२ सवारी दुर्घटना हुँदा ३०४ जनाको मृत्यु भएको थियो ।

यस्तै आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५३६ सवारी दुर्घटना भएको थियो । जसमा ३१५ जनाले ज्यान गुमाएको तथ्याकंले देखाएको छ । तथ्याकंका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा अघिल्लो वर्ष मृतक संख्या ११ ले कम हो ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५३६ सडक दुर्घटना भएका थिए । गत आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ४२२ दुर्घटना भएका छन् ।

जसअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८३६ घटना बढी भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । चालु आर्थिक वर्षको वैशाख मसान्त सम्ममा १ हजार ६५८ सवारी र्दुघटना भएका छन् ।

कुन जिल्लामा कतिले गुमाए ज्यान?

बागमतीको चितवनमा सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण चितवनका मात्रै १२० जनाले ज्यान गुमाएका छन् । यस वर्ष यहाँ ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ ।

दश महिनामा यहाँ ४८४ सवारी दुर्घटना भएका छन् । को यहाँ ८७ जना गम्भीर घाइते भएका छन् भने ८०९ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।

दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या धेरै रहनेमा चितवन पछि मकवानपुर छ । यहाँ गत आ.व मा ४०७ सवारी दुर्घटनामा परेर ५० जनाले ज्यान गुमाएका थिए । यस वर्ष मकवानपुरमा ५३ जनाको मृत्यु भएको छ । हाल सम्म ३३२ सवारी र्दुघटना हुँदा ८५ जना गम्भीर घाइते भएका छन् भने, थिए भने ६२४ जना सामान्य घाइते भएका छन् ।
त्यसोत रसुवामा सबैभन्दा कम ८७ वटा सडक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गत आ.वमा यहाँ ४ जनाको मृत्यु भएको थियो ।

यस्तै, यो वर्ष सिन्धुलीमा १२२ वटा सडक दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने, रापेछापमा ३९ वटा सडक दुर्घटनामा परेर २४ जनाको मृत्यु भएको छ ।

यस्तै, दोलखामा ४७ सडक दुर्घटना हुँदा १० जनाको मृत्यु, काभ्रेमा १ सय २८ सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएको छ ।

सिन्धुपाल्चोकमा ११६ सडक दुर्घटनामा १८ जनाको मृत्यु, नुवाकोटमा ९८ वटा सडक दुर्घटनामा ८ जनाको मृत्यु, धादिङमा २०५ वटा सडक दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बढी पर्छन दुई पाङ्ग्रे सवारी

बागमतीमा गत आ.व र यस आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये दुई पाङ्ग्रे सवारीको संख्या बढी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार दुर्घटना भएको सवारी संख्या मध्ये गत आर्थिक वर्षमा कुल १ हजार ९७२ र यस आर्थिक वर्षमा १ हजार ३५० दुई पाङ्ग्रे सवारी मात्रै रहेको छ । जसमा पनि मोटरसाईकलको संख्या धेरै रहेको तथ्याकंले देखाएको छ ।

यस वर्षको वैशाख मसान्त सम्ममा दुर्घटनामा पर्नेमा ट्रक«÷ट्रयाङ्कर २ सय ३५, टिपर ७६, बस १ सय ५७, माइक्रो ६२, जिप/कार ३ सय ५२, ट्याक्टर ४१, टेप्पो ९३ र अन्य २१ वटा सवारीहरु सडक दुर्घटनामा परेको प्रदेश प्रहरीको तथ्यांक छ ।
मृत्यु हुनेमा पुरुषको संख्या बढी

प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्यांक हेर्दा उपत्यका बाहेकका दश जिल्लाहरुमा सडक दुर्घटनाका कारण महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको पाइन्छ ।

गत आर्थिक वर्षमा ज्यान गुमाएका ३०४ मध्ये २ सय ३५ पुरुष, ४९ महिला, ९ बालक र ११ बालिका रहेका छन् ।

चालु आर्थिक वर्षको यस अवधिसम्म २८१ जनाको मृत्यु हुँदा पुरुषको संख्या मात्रै २ सय ११ रहेको छ भने मृत्यु हुने महिलाको संख्या ६० रहेको छ । यस्तै, हालसम्म ८ बालक र २ बालिकाको सडक दुर्घटनाकै कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

‘अलबिदा’ लेखेका डाक्टर सकुशल फेला

हेटौंडा/फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन् । सामाजिकसञ्जालमा ‘अलबिदा’ लेखेका डा. केशब श्रेष्ठलाई प्रहरीले काठमाडौंमा सकुशल फेला पारेको हो...

हेटौँडा बजारको सडक सीमाभित्र बनेका ५३१ घरटहरा भत्किने

मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका ५३१ घरटहरा...

लाइसेन्स छाप्न सुरक्षण मुद्रण विभागको अनुमति कुर्दै बागमती प्रदेश सरकार

  मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि अत्याधुनिक क्षमता भएको ५ थान मुद्रण मेसिन खरिद गरी...