एमाले मकवानपुरबाट केन्द्रीय सदस्यमा विजयी भए यी पाँच अनुहार

मकवानपुर । नेकपा एमाले मकवानपुरबाट केन्द्रीय सदस्यका लागि दावी गर्दै चुनावमा होमिएका पाँच जना नेताहरु विजयी भएका छन् ।

काठमाडौंमा सम्पन्न नेकपा एमाले ११ औँ महाधिवेशनको अन्तिम चुनावी मत परिणाम सार्वजनिक भएसँगै केन्द्रीय सदस्यमा भारती पाठक, रामेश्वर राना, महेश बर्ताैला, एकालाल श्रेष्ठ र नवीन सिग्देल वीजयी भएका हुन् ।

यी पाँचै जना अध्यक्षमा निर्वाचित भएका केपी ओली प्यानलका हुन् । त्यसोत, मकवानपुरबाट केन्द्रीय सदस्य पदमा ७ जनाको दावी रहेको थियो । यी मध्ये कृष्ण दाहाल र देवकृष्ण विक पराजित भएका छन् । पराजित यी दुई नेताले भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट उम्मेद्वारी दिएका थिए ।

बागमती प्रदेश सभाकी सदस्यसमेत रहेकि पाठकले (महिला) क्लस्टरमा उम्मेद्वारी दिएकी थिइन् । उनले १ हजार ९१५ मत प्राप्त गरेकी छन् ।

मकवानपुरको क्षेत्र नम्बर–२ बाट निर्वाचित संघीय सांसद महेश बर्तौलाले सदस्य(खुल्ला) मा उम्मेद्वारी दिएका थिए भने, नेकपा एमाले मकवानपुरका इन्चार्ज रानाले प्रदेश भूगोल सदस्य (खुल्ला) मा उम्मेद्वारी दिएका थिए ।

सांसद बर्तौलाले १ हजार ५२९ मत प्राप्त गरेका छन् भने , रानाले १ हजार ४९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले आदीवासी जनजाति (खुल्ला) मा उम्मेद्वारी दिएका थिए । उनले १ हजार ५०९ मत प्राप्त गरेका छन् । यसअघि नेकपा एमाले प्रदेश कमिटिमा रहेका श्रेष्ठ अब केन्द्रीय कमिटिको भूमिकामा देखिनेछन् ।

यता, हेटौँडा–४ का वडा अध्यक्ष समेत रहेका सिग्देलले केन्द्रीय लेखा आयोग सदस्यमा दावी गर्दै चुनावमा होमिएका थिए । उनले कुल १ हजार ६१४ मत ल्याएर विजयी भएका हुन् । लेखा आयोग सदस्यमा निर्वाचित भएका सिग्देल एमाले मकवानपुरका पूर्व सचिव समेत रहेका छन् ।

त्यसोत, यसअघि चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चुनिएका रामेश्वर राना, भारती पाठक यसपटक पनि सदस्यमानै निर्वाचित भएका हुन् ।

१० औँ महाधिवेशनमा सदस्यमा नेतृत्वको लिस्टमा नअटाएका बर्तौलाले यसपटक चुनाव लडेर केन्द्रीय सदस्यमा जित हाँसिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

नीति तथा कार्यक्रम माथी छलफल

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले सरकारका प्राथमिकता, विकास आयोजना, सामाजिक समावेशिता...

९ महिनामा बागमतीको ८३ किलोमिटर सडक कालोपत्रे

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ८३ किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु...

स्थानीय सरोकारमा नियमित बहस अघि बढाउँदै स्वतन्त्र पत्रकार संघ मकवानपुर

हेटौँडा | स्थानीय मुद्दामा सरोकारवालाबीचको संवाद र बहसलाई नियमित बनाउने उद्देश्यसहित स्वतन्त्र पत्रकार संघ मकवानपुरले आफ्नो छलफल श्रृंखला अघि बढाउने भएको छ। संघले यसअघि चैत १४...