नेपाल मोबाइल व्यवसायी महासंघको महाधिवेशनमा मकवानपुरबाट उम्मेद्वारी घोषणा

मकवानपुर । नेपाल मोबाईल व्यवसायी महासंघ (म्यान)को तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं  साधारणसभा आगामी  जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ ।

महाधिवेशनको तयारीस्वरूप हेटौंडामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा मकवानपुरबाट विभिन्न पदमा उम्मेदवारी घोषणा गरिएको छ ।

महासंघका अनुसार हाल देशभर ७ प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ भने करिब २७ हजार ४ सय व्यवसायी आबद्ध रहेका छन् ।

यसलाई व्यवसायिक दृष्टिले ठूलो समूहका रूपमा हेरिएको छ ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने क्रममा मकवानपुरबाट पनि प्रतिनिधित्व बढेको जनाइएको छ । हेटौंडाबाट कुल १२५ सदस्य मध्ये ७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भएका छन् ।

महासचिव पदमा मकवानपुरबाट छ्तेन्द्र आचार्यले उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्य पदमा नवराज चौलागाईं र मिलन स्याङ्तानले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महाधिवेशनबाट ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने जनाइएको छ । विधानअनुसार अध्यक्ष १, निवर्तमान अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, कोषाध्यक्ष १, सचिव ४ सहित सह कोषाध्यक्ष १ गरि अन्य पदाधिकारी चयन गरिने व्यवस्था रहेको छ ।

त्यस्तै, प्रत्येक प्रदेशबाट २ जनाका दरले १४ जना, संस्थापक सदस्यबाट १४ जना, बागमती प्रदेशबाट ५ जना तथा अध्यक्षबाट मनोनीत ५ जना कार्यसमितिमा रहने उल्लेख गरिएको छ ।

महाधिवेशन उद्घाटन कार्यक्रम जेठ २ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा हुने तथा त्यसअघिको दिन जेठ १ गते ह्वाइट पार्टी प्यालेस कौशलटारमा , काठमाडौंमा बन्दसत्र आयोजना गरिने कार्यक्रम रहेको छ ।

आफू निर्वाचित भएपछिको दुई वर्षीय कार्यकालमा सचिवालयको व्यवस्थापनमा मुख्य जोड दिने योजनाका साथ महासचिव पदमा उम्मेद्वारी घोषणा गरेको छतेन्द्र आचार्यले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

मुअ थाईको दुनियाँ जित्दै गरेको नेपालको गौरव : सुरज ढकाल

सुरज ढकालको कथा एक प्रेरणादायक मार्शल आट्र्स गाथाजस्तै लाग्छ—चितवनको सानो सहरबाट अगाडि बढ्दै उनले केवल आफ्नो दृढ संकल्पको बलमा नेपालका सबैभन्दा सफल मुअ थाई...

प्रजा दम्पतीलाई पक्की घर बनाइदिने मुख्यमन्त्री बानियाँ

मकवानपुर । मकवानपुरको कर्णाली भनेर चिनिने सबैभन्दा विकट पालिका हो, कैलाश गाउँपालिका । जहाँ चेपाङ समुदायको बाहुल्यता पाइन्छ । कैलाश गाउँपालिका वडा नम्बर– ४ धुसाराङका...

बागमती प्रदेशमा पुँजीगततर्फको ६ अर्ब बढी बजेट कटौती

मकवानपुर । बागमती प्रदेश सरकारले जेनजी आन्दोलन र विपद्बाट क्षति पुगेका संरचना पुनः निर्माण तथा व्यवस्थापनका लागि पुँजीगत तर्फको बजेट कटौती गरेको छ ।...