फल्नै लागेको मकैबाली फँडानी

हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१, बुङ्दलमा भुवनलाल श्रेष्ठले लगाएको मकैबाली दरबारडाँडा सामुदायिक वन समितिका पदाधिकारी र वन कार्यालयका कर्मचारीले फँडानी गरेका छन् ।

२०२४ सालदेखि आफू सोही ठाउँमा बस्दै र खेती गर्दै आएको श्रेष्ठ बताउँछन् । केही वर्षअघि उक्त ठाउँमा ठूलो बाढी आएर उक्त जमिन बगरमा परिणत भएको र हाल बगर खनिखोस्री खेती गर्दै आएको उनी बताउँछन् । आफूले खेती गर्दै आएको जमिन सामुदायिक वनका पदाधिकारीले हस्तेक्षप गरेर मकैबाली फँडानी गरेपछि उनी आफूमाथि अन्याय भएको भन्दै न्यायको याचना गरिरहेका छन् ।

दरबारडाँडा सामुदायिक वनले आफ्‌नो क्षेत्रमा घेराबार गरिसकेको र आफूले प्रयोग गर्दै आएको जमिन सामुदायिक वनको घेराबारभन्दा बाहिर रहेको उनको दाबी छ । उक्त क्षेत्रमा अन्य व्यक्तिले बिनापुर्जा आवादी गर्दै आएका छन् । भीमफेदी–१ की शान्ति थिङले फल्न लागेको मकैबाली बिनासूचना नष्ट गरेर वन समिति र वन कर्मचारीले अमानवीय व्यवहार देखाएको बताएकी छन् । सोही ठाउँ बसोबास गर्ने अधिकांशको लालपुर्जा नभएको उनी बताउँछिन् । लालपुर्जाका लागि भूमि आयोगमा समेत निवेदन दिएको उनले बताइन् । तर, हाल आएर हटाउन खोज्नु आपत्तिजनक भएको उनको आक्रोश छ । स्थानीय नवराज रायमाझीले आफू २०४३ सालमा ओखलढुंगाबाट बसाईं सरेर आएदेखि नै सोही जग्गा श्रेष्ठले नै आवादी गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

हेटौंडामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय स्तरको एघारौं स्क्राबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–२ बासुदेव मार्गमा अवस्थित बाल जागृति इङ्गलिस बोर्डिङ स्कुलको आयोजना तथा स्क्राबल...

मुअ थाईको दुनियाँ जित्दै गरेको नेपालको गौरव : सुरज ढकाल

सुरज ढकालको कथा एक प्रेरणादायक मार्शल आट्र्स गाथाजस्तै लाग्छ—चितवनको सानो सहरबाट अगाडि बढ्दै उनले केवल आफ्नो दृढ संकल्पको बलमा नेपालका सबैभन्दा सफल मुअ थाई...

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि संशोधन

मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि संशोधनलाई पारित गरेको छ । विहिबार प्रदेशको राजधानी हेटौँडामा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले...