‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि संशोधन

मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि संशोधनलाई पारित गरेको छ ।

विहिबार प्रदेशको राजधानी हेटौँडामा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको तर्फबाट पेश भएको ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि संशोधन प्रस्तावलाई पारित गरेको हो ।

त्यस्तै बैठकले स्वास्थ्य सेवा सुदृढीकरणदेखि सहकारी व्यवस्थापन सुधारसम्मका अन्य दुई महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।

बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमानै काभ्रेमा अवस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालयलाई भक्तपुर जिल्लामा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

यसैगरी, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्या ग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय बैठकबाट पारित भएको छ ।

बैठकले समितिको अध्यक्षमा शिव प्रसाद सिग्देललाई मनोनयन गरेको छ भने, सदस्यहरुमा रामेश्वर ढकाल र दिपक केसीलाई मनोनयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

एमाले मकवानपुरबाट केन्द्रीय सदस्यमा विजयी भए यी पाँच अनुहार

मकवानपुर । नेकपा एमाले मकवानपुरबाट केन्द्रीय सदस्यका लागि दावी गर्दै चुनावमा होमिएका पाँच जना नेताहरु विजयी भएका छन् । काठमाडौंमा सम्पन्न नेकपा एमाले ११ औँ...

भुटनदेवी मावि बन्यो शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो विद्यालय

मकवानपुर । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले सामुदायिक शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ। विद्यालयले आफ्नै आन्तरिक स्रोत परिचालन गर्दै निजी...

हेटौंडामा १९ प्रतिशत् बढाएर झण्डै ३ अर्बको बजेट

हेटौंडा/बागमती प्रदेशको राजधानी एकमात्र उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ ।...