झोला तान्नेलाई तुरुन्त कारबाही

माधब न्यौपाने
हेटौंडा/बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले हेटौंडाको मुख्य बजारमा झोला तान्ने, यात्रुलाई दुःख दिने व्यक्तिलाई तुरुन्त कारबाही गर्न प्रहरी कार्यालय र ट्राफिक कार्यालय प्रमुखलाई निदेशन दिएका छन् । यात्रुलाई दुःख तथा हैरानी दिने जोकोहीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । यात्रुले सुरुमै आफ्‌नो गन्तव्यस्थल पहिचान गरी आएका हुन्छन् । उनीहरुलाई बाटो ढुकेर जथाभावी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुदैन । यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नु ह‘दैन,’ उनले भने । प्रहरीले काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ । हेटौंडाको मुख्य बजार क्षेत्रमा सुमोका सम्भावित यात्रीहरुको झोला दलालहरुले अटोबाटै तान्ने गरेको दृष्य नौलो होइन । यी सबै दृष्य नजिकका प्रहरीले नदेख्ने कुर भएन ।

देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सुरक्षित बसपार्क निर्माणका लागि यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गर्ने गरिएको जानकारी दिएको छ । मुलुकका बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताइएको छ । बसपार्कमा जथाभावीरुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपन जोड दिइएको थियो । सोमबार हेटौंडा–११, थानाभर्‍याङस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित सञ्चारकर्मीहरुसँग परिचयात्मक कार्यक्रममा उनले ट्राफिक दुर्घटना न्यूनीकरणलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्नेमा जोड दिए । हरेक जनताका गुनासो सम्बोधन गर्ने गरी प्रहरीले काम गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरे ।

शहरी क्षेत्रमा घटना घटेको १० मिनेटमित्र पुग्न उनले मातहत निकायलाई निर्देशन दिए । प्रहरी प्रमुख पौडेलले अपराध रोकथाम, नियन्त्रण र प्रभावकारी अनुसन्धान गरी जनताले सुरक्षाको अनुभूति गर्ने गरी प्रहरीले काम गरिरहेको बताए । समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीले ट्राफिक व्यवस्थापन, भिड नियन्त्रण, भीआईपी, भीभीआईपीहरुको सुरक्षाको प्रबन्ध, विपद् व्यवस्थापनलगायतलाई प्राथमिकतामा राख्ने गरेको उनको भनाइ छ । उनले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश प्रहरी प्रतिबद्ध रहेको बताए ।

प्रहरी प्रमुख पौडेलले अपराध अनुसन्धान गर्नुभन्दा अपराध नै हुन नदिन प्रहरी–समुदाय साझेदारी कार्य अगाडि बढाएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा जिल्लाका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रम भइरहेको उनले बताए । प्रदेश प्रहरी प्रमुख पौडेलले समाजमा विभिन्न बहानामा हुने गुण्डागर्दी नियन्त्रण गर्न प्रहरी निर्मम भएर लाग्ने बताए । अपराध नियन्त्रण र न्यूनीकरणका लागि प्रदेश प्रहरीले आफ्‌नै सक्रियता र मातहत कार्यालयहरुको सहकार्यमा समाजमा जनचेतनामूलक कार्यक्रम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख विश्वराज खड्का, ट्राफिक कार्यालय प्रमुख बच्चुराम फुयाँल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर, संस्थापक अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता थियो । बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत् उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लाका तीन सय ५० प्रहरी एकाईं छन् । १२ वटा लोकमार्ग प्रदेश प्रहरी कार्यालयको सुरक्षा जिम्मेवारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

ईपीएस तालिम सम्पन्न

हेटौंडा/हेटौंडामा एक दिवसीय ईपीएस तालिम शनिबार सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत् महिला उद्यमी विकास समितिले तालिम आयोजना गरेको हो । महिला उद्यमी...

रुदानेको “थाहाँ’ यात्राः यथार्थवादी दर्शन

रुपचन्द्र विष्ट, रुदाने नेपालको समकालीन इतिहासमा ती दुर्लभ पात्रहरूमध्येकै एक हुन् । जसले सत्ता, शिक्षा, साक्षरता र चेतनालाई केवल भाषण र नाराको रूपमा होइन,...

एघार सय रुपैँयाका लागि हेटौंडा झरेका थिए द्वारिका….

मकवानपुर । हेटौंडा स्थित सन्चो हस्पिटलको माथिल्लो तलामा ‘आइ सी यू’ लेखिएको कोठाभित्र श्रीमानलाई राखिएको छ । ढोका बाहिर केहि आफन्तहरु कुरुवा साथी छन् ।...