रुदानेको “थाहाँ’ यात्राः यथार्थवादी दर्शन

रुपचन्द्र विष्ट, रुदाने नेपालको समकालीन इतिहासमा ती दुर्लभ पात्रहरूमध्येकै एक हुन् । जसले सत्ता, शिक्षा, साक्षरता र चेतनालाई केवल भाषण र नाराको रूपमा होइन, व्यवहारिक जीवनको आधारभूत परिवर्तनको हतियारको रूपमा लिएका थिए । वि.सं. १९९० पौष २६ गते मकवानपुर जिल्लाको पालुङमा जन्मिएका रुदानेले वि.सं. २०५६ असार ७ गते वीर अस्पताल, काठमाडौंमा अन्तिम स्वास फेरे । उनका विचार, दर्शन र व्यवहार आज पनि उत्तिकै सान्दर्भिक छन् । जहा’, खासगरी चेतनाको अभाव, शिक्षाको विकृति र शासनको विकृति विद्यमान छ ।
राजनीतिक यात्रा र ॅथाहा’ आन्दोलन रुदानेको राजनीतिक यात्रा पालुङको प्रधानपञ्चबाट शुरु भएर मकवानपुरको राष्ट्रिय पञ्चायत सदस्य हुँदै देशव्यापी चेतनामूलक आन्दोलनतर्फ मोडिएको हो । पञ्चायती व्यवस्थाभित्र रहेरै पनि उहाँले चेतनाको क्रान्ति ‘थाहाँ आन्दोलनको आरम्भ गरे । ॅथाहा’ भन्नाले थाहा पाउनु, बुझ्नु, चेतना विकास गर्नु भन्ने सन्दर्भमा प्रयोग भयो रुदानेले भन्नुहुन्थ्यो, ॅमानिसले थाहा पाए, बुझे भने मात्रै परिवर्तन सम्भव हुन्छ ’
रुदाने र उनका विचारहरू :
निरपेक्ष जनपक्षीय विचारधाराः
रुदानेले शासन सत्तामा रही जनपक्षीय विचार बोल्न साहस गरे । उनले पञ्चायती सत्ताभित्रै रहेर पनि प्रश्न गर्न थाले, ॅराजा हामीसंग छन् कि छैनन् ?’
सर्वसाधारणमै आधारित आन्दोलन :
थाहा आन्दोलन कुनै राजनीतिक झण्डा वा दल केन्द्रित थिएन । यो आममानिसमा चेतना ल्याउने अभियान थियो ।
साहित्यिक, कलात्मक र गहिरो वक्तृत्वशैलीः
उहाँका भाषण र लेखनहरू जनताका भाषामा, तीखो व्यंग्यसहित प्रस्फुटित हुन्थे । जसले बुद्धिजीवी, राजनीतिज्ञ र जनतालाई एकैसाथ झस्काउँथ्यो ।
शिक्षा र चेतनालाई समाधान ठान्ने सोचः
थाहा अभियानको मूलमा ॅसाक्षरता–चेतना–सशक्तिकरणँ को त्रिसूत्रीय धारणा थियो ।
दुर्बलताहरू :
संस्थागत संरचना नभएको थाहा आन्दोलनः

रुदानेको विचार आन्दोलन थियो, संस्था थिएन । त्यसैले उहाँको निधनपछि आन्दोलन नै ओझेलमा पर्‍यो ।
व्यवहारिक कार्यान्वयनको सीमितताः केही स्थानीय अभियानहरूबाहेक थाहा आन्दोलनले ठोस नीतिगत परिवर्तन वा वैकल्पिक शासन मोडेल पेश गर्न सकेन ।
एकल नेतृत्वमा आधारित अभियानः सम्पूर्ण अभियान रुदानेमाथि केन्द्रित रहेकाले उत्तराधिकार निर्माणमा कमजोरी भयो । केही जाने बुझेकाहरु उहा“लाई खोक्रो दार्शनिक भन्दै पन्छिए वा छोडेर गए ।
अवसरहरूः
चेतनामूलक आन्दोलनको आवश्यकता :

नेपालमा अझै राजनीतिक चेतना, नागरिक शिक्षा र विवेकपूर्ण सोचको अभाव छ । बर्तमान परिप्रेक्ष्यमा जताततै निराशा र नकारात्मक प्रबाहले आमजनता दिग्भ्रमित छन्, झनै उहा“को बिचार र ॅथाहा’ जागरणको अपरिहार्यता छ । थाहा आन्दोलनको व्याख्या वर्तमान शिक्षाको सुधार र नागरिक अधिकार चेतनामा गर्न सकिन्छ ।
थाहा आन्दोलनलाई बिश्वब्यापी बनाउनेः आजको डिजिटल युगमा रुदानेका भनाइहरू, भाषणहरू, विचारहरूलाई सामाजिक सञ्जाल मार्फत् लाखौं जनसम्म पुर्‍याउन सकिन्छ । स्थानीय सरकारहरूसंग मिलेर शिक्षा र जागरण कार्यक्रम सञ्चालन गर्ने अवस हरू उपलब्ध छन् ।
खतराहरूः
राजनीतिक व्यावसायीकरणः

वर्तमान राजनीतिमा विचारभन्दा पद र स्वार्थले स्थान लिएको छ । यसले विचार–केन्द्रित अभियानहरूलाई कमजोर बनाउन सक्दछ ।
सांस्कृतिक बिकृति र गहिरिंदो निराशावाद :

चेतनाको सट्टा हल्ला, सतही सनसनी र फोहोर मनोरञ्जनको बढ्दो प्रवृत्तिले युवाहरूलाई विचारमूलक बाटोबाट भट्काउने सम्भावना छ ।
वार्षिक कार्यक्रम सिमित गर्ने प्रयासहरू :

विचारको प्रचारभन्दा केवल मूर्ति बनाउने र माल्यार्पणमा सीमित गर्ने प्रवृत्तिले गहिरो खतरा बोकेको देखिन्छ ।
रुदानेका विचार कसरी लागू गर्न सकिन्छ ?
थाहा’ अभियानलाई संस्थागत बनाउनेः

रुदानेले थाहा आन्दोलन बालेफाँटदेखि थाहा नगरसम्म फैलाएका थिए । आज ॅथाहा दर्शन केन्द्र’ वा ॅरुदाने अध्ययन प्रतिष्ठान’ जस्ता संस्थाहरू बनाएर उहाँका विचारमा अनुसन्धान, अभ्यास र प्रशिक्षण केन्द्र निर्माण गर्न सकिन्छ । युवाहरूसंग विचार आदान–प्रदान गर्ने ॅथाहा संवाद श्रृंखलाँ सुरु गर्न सकिन्छ ।
शिक्षामा थाहा दर्शन :

रुदानेको मूल ध्येय थियो, जनतालाई थाहा हुनुपर्छ’ । यो विचारलाई विद्यालय पाठ्यक्रममा ॅनागरिक चेतना’, ॅसञ्चार साक्षरता’, ‘भ्रान्ति विरुद्ध सोच’ जस्ता विषयहरूमा विकास गर्न सकिन्छ । युवाहरूसंग ॅसोच्ने बानी’ विकास गराउने अभ्यास सुरू गर्न सकिन्छ ।
सरकारहरूसंग सहकार्य :

थाहा यात्राको ऐतिहासिक मार्गमा जनचेतना पदयात्रा, गाउम्गाउँमा विचार गोष्ठीहरू, थाहा नाटक महोत्सव, थाहा वाचन कार्यक्रमहरूले आम जनमानसमा चेतना फैलाउन सकिन्छ ।
‘थाहा अभियान २.०’ शुरू गर्ने : रुदानेका सन्देशहरूलाई भिडियो, उद्धरण, रचनात्मक ग्राफिक्स, लघु चलचित्रमार्फत् युवा पुस्तामा पुर्‍याउनु अत्यन्त उपयोगी हुनेछ । ॅथाहा होइन त ?’ भन्ने नारामा आधारित सामूहिक विचार–उत्प्रेरणा चलाउन सकिन्छ ।
साक्षरता र सूचनाको पहुँचसँगै विस्तार :
रुदानेले भन्थे, जब मानिसले थाहा पाउँछ, तब ऊ बाँच्न थाल्दछ ।’ त्यसैले आज पनि गाउँ–सहरमा डिजिटल साक्षरता, कानुनी चेतना, स्वास्थ्य जानकारी आदि कुरामा ॅथाहा पाठशाला’ सुरू गर्न सकिन्छ ।
निचोडमा भन्नुपर्दा, रुदानेले राज्यसत्ताबाट पाएको मञ्चलाई जनजागरणका लागि प्रयोग गरे । त्यस्ता पात्रहरू बिरलै जन्मिन्छन् जो विचार, बोली र व्यवहार एकै रेखामा मिलाउ“छन् । थाहा आन्दोलन कुनै आन्दोलन मात्र होइन, चेतना र विवेकको पुनर्जागरण थियो र छ ।
आजको नेपालमा राज्य प्रणाली, शिक्षा नीति, राजनीतिक सोच, नागरिक सहभागिता सबै क्षेत्रमा पुनःरुदानेको दर्शन प्रयोग गर्न सकिन्छ । जब हामी सोच्न र बुझ्न थाल्छौं, प्रश्न गर्न थाल्छौं, त्यतिबेलाबाट हामी साँच्चिकै ‘बाँच्न’ थाल्छौं । रुदाने जिवित छैनन्, तर उहांका विचारहरू अमर छन् । ती विचारहरूलाई व्यवहारमा उतार्न सक्नु नै उहांप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
सन्दर्भ स्रोतहरू :
१ः रुदाने, टंक चौलागाईं
२ः थाहा दर्शनः रुपचन्द्र विष्टको विचार दर्शन, शंकर तिमिल्सेना, सम्पादन
३ः नेपालका बिर्सिएका पात्रहरू, हरि भण्डारी
४ः रुदानेको सपनाः आजको नेपालमा सम्भावना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

कृषि संकट समाधान र सभामुख निर्वाचन शीघ्र गर्न समितिको माग

मकवानपुर । बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले कृषि क्षेत्रमा देखिएको मल तथा बीउबिजन अभावप्रति गम्भीर चासो व्यक्त गर्दै प्रदेश सरकारलाई तत्काल...

स्थापना दिवसमा विद्यालयलाई विविध सामग्री

हेटौंडा/औषधी व्यवसायी संघ मकवानपुरले स्थापना दिवसका अवसरमा हेटौंडा–११ स्थित शंकरज्योति माविलाई विविध सामग्रीहरु हस्तान्तरण गरेको छ । कार्यक्रम संघ अध्यक्ष नारायणलाल श्रेष्ठले केक काटेर उद्घाटन...

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले बागमतीमा निर्माण क्षेत्र संकटमा, महासंघद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

मकवानपुर । इन्धन तथा निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै वाग्मती प्रदेश निर्माण व्यवसायी महासंघले प्रदेश सरकारको ध्यानाकर्षण...