घरमा लुकाएर अफिम, गाँजा र बन्दुक

हेटौंडा/मकवानपुरको राक्सिराङबाट लागुऔषध र हातहतियार खरखजनासहित एक जनालाई पक्राउ गरिएको छ । गाउँपालिका–१ बाट लागुऔषध र हातहतियार (२ थान पेस्तोल) सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–१ बस्ने राजु स्यांतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख विश्वराज खड्काका अनुसार शनिबार स्यांतानको घरमा लुकाइराखेको अवस्थामा लागुऔषध अफिम र गाँजा बरामद भएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा स्यांतानलाई उनकै घरअगाडि फेला पारेर शरीर तथा घरगोठ खानतलासी गर्दा उनी सुत्ने कोठाको सिरानीमुनि कपडामा बेरेर राखिएको अवस्थामा ७.६५ एमएम यसनभर्सल मेड इन इटली ०२५ लेखिएको म्याग्जिनसहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र गोली राउन्ड १३ थान फेला परेको थियो । स्यांतानको गोठको दोस्रो तलामा मकैको खोस्टा तथा पत्करभित्र कपडामा बेरेर प्लास्टिकको झोलाभित्र राखिएको अवस्थामा कटुवा पेस्तोल १ थान र ८ एमएम लेखिएको गोली (कार्तुस) १२ राउन्ड फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए ।

स्यांतानको साथबाट लागुऔषध अफिम एक किलो ३ सय १० ग्राम र गाँजा २२ किलो ८ सय ग्राम फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए । स्यांतानलाई लागुऔषध तथा खरखजना कसुरमा मुद्धामा अनुसन्धान भइरहेको उनले बताए । उनका अनुसार पक्राउ परेका स्यांतानको विगतमा पनि आपराधिक कार्यमा संलग्न रहेर सजाय काटिसकेका थिए । स्यांतान २०७६ साउन ४ गते लागुऔषध तथा हातहतियार मुद्धामा पक्राउ परेर ५ वर्ष ६ महिना कैद सजाय काटेका थिए । सजाय भुक्तान गरी २०८१ माघ महिनामा छुटेका थिए । २०७१ मा लागुऔषध मुद्धामा स्यांतानले २ वर्ष कैद सजाय भुक्तान गरेका थिए ।

प्रहरीले लागुऔषध खैरो हेरोइनसहित हेटौंडा–२ बाट ३ जनालाई पक्राउ गरेको छ । शनिबार विहान ११ बजे प्रहरीले १ ग्राम ३४० मिलिग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो । २४ वर्षीया पूजा श्रेष्ठको घरमा प्रहरीले छापा मार्दा लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको जनाइएको छ । खोजतलास गर्ने क्रममा प्रहरीले घरधनी पुजासहित हेटौंडा–१ का २० वर्षीय रिकेश तन्डुकार र २४ वर्षीय ऋतिक भनिने राजीव तन्डुकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिइ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

सुशासन र उपलब्धिमूलक खर्चप्रति प्रदेश सरकार केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुशासन र उपलब्धिमूलक खर्चप्रति जोड दिनुभएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा बसेको बागमती प्रदेश सरकारको...

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, मूल्य समायोजनको माग

मकवानपुर। बागमती प्रदेश निर्माण व्यवसायी महासंघले इन्धन तथा निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ । महासंघले सोमबार हेटौंडामा...

बागमती सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका खनाल नियुक्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाल नियुक्त भएका छन् । विहिबार दिउँसो हेटौँडामा बसेको बागमती प्रदेश सरकारको...