बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रस्तावित, प्रदेश आयोजनाको वहुवर्षीय ठेक्का सहमति सम्बन्धि मापदण्डलाई पारित गरेको छ ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्री परिषद्को प्रस्तावमा राम बाबु पुरीलाई श्रम रोजगार तथा यातायात मन्त्रालयमा सचीव पदस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले तालिम केन्द्र भण्डारामा सुधीर श्रेष्ठ र कृषि निर्देशनालय हेटौँडामा नारायण कुमार श्रेष्ठलाई सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले शसस्त्र प्रहरी र नेपाल प्रहरीको शसस्त्र आवाशीय भवन निर्माण तथा संरचना सुधारका लागि विनियोजित रकमको प्रभावकारी खर्चका लागि सम्बन्धित निकायलाई अख्तियारी प्रयोग गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

हेटौंडामा एमालेको जागरणसभा

हेटौंडा/नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । हेटौंडाको मुख्यबजारमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जागरणसभा आयोजना गरेको हो । सभा सुरु हुनुअगाडि हेटौंडा बजारको...

कैलाश गाउँपालिकाको नतीजा १८.९२ प्रतिशत मात्रै

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २८ जना ग्रेडेड भएका छन् । पालिका भित्र रहेका ६ वटा माध्यमिक विद्यालयबाट १४८...

स्थानीय सरोकारमा नियमित बहस अघि बढाउँदै स्वतन्त्र पत्रकार संघ मकवानपुर

हेटौँडा | स्थानीय मुद्दामा सरोकारवालाबीचको संवाद र बहसलाई नियमित बनाउने उद्देश्यसहित स्वतन्त्र पत्रकार संघ मकवानपुरले आफ्नो छलफल श्रृंखला अघि बढाउने भएको छ। संघले यसअघि चैत १४...