हेटौंडामा ५१० बढी संरचना भत्किए, आईतबार देखि भत्किएका संरचना व्यवस्थापनमा सडक डिभिजन

मकवानपुर। सडक डिभिजन कार्यालय हेटौंडाले सुरु गरेको सडक विस्तारका क्रममा ५१० बढी संरचना भत्किएका छन् ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका ५१० बढी घरटहरा भत्किएका हुन् ।

हिजो शनिबार उक्त सडक सीमाभित्र पर्ने संरचना खाली गर्न दिइएको १५ दिने अल्टिमेटम सकिएसँगै सडक डिभिजन कार्यालयले संरचना भत्काउन सुरु गरेको हो । जसमा शनिबार डिभिजन कार्यलयका झण्डै ६/७ वटा डोजर र स्काभेटरको प्रयोग गरेर ५ सय बढी सुरक्षाकर्मीको उपस्थितिमा ५१० बढी संरचना भत्किएका छन् ।

हाल कुल कति संरचना भत्किए भन्ने यकिन डाटा संकलन नभइसकेको भएपनि ५१० बढी संरचना भत्किएका सडक डिभिजन कार्यालयको अनुमान छ ।

कार्यालयका अनुसार ५१० मध्ये १०/१५ संरचनाहरु घरधनी स्वयमले भत्काएका छन् ।

कार्यालयका अनुसार यसबाहेकका २१ घर टहराहरु भत्किन बाँकी रहेका छन् । त्रिभुवन राजपथको चौकीटोल क्षेत्रका केहि स्थानमा सडक सीमामा निर्माण भएका घर टहरा हटाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

त्यसोत बाँकी रहेका संरचना घरधनी स्वयमले भत्काउने भएपछि आईतबार डिभिजनले सडक विस्तारको क्रमलाई यथावत् राखेको छ । कार्यालयका अनुसार अब भत्किएका संरचनालाई कसरी व्यवस्थित गर्ने भन्ने योजनालाई अगाडि बढाइएको छ ।

शनिबार हेटौंडा १५ रातोमाटेदेखि मुख्य बजार क्षेत्रको मेनरोड बुद्ध चोक, राप्ती रोड, पिपल बोट तथा चौकीटोल ओरालो सम्मका संरचना हरु भत्काइएको थियो ।

जहाँ सोहि सीमा क्षेत्र भित्र पर्ने संरचना भत्काउने क्रममा सीमाभित्र परेका नेपाल राष्ट्र बैंक लिमिटेड, हिमालयन बैंक, र तीन वटा पेट्रोल पम्प पनि भत्किएका छन्।

सडक विस्तारका क्रममा बुद्ध चोक, मेनरोड र फरेष्ट्री क्षेत्रका २५ बढी अशोकका बोटहरु समेत मासिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

सामुदायिक विद्यालयप्रति भरोसा गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

मकवानपुर । हेटौंडा–४ का वडा अध्यक्ष सिग्देलले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको भन्दै आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विद्यालयमै भर्ना गराउन...

वडावासीका लागि निःशुल्क खानेपानी, रगत र एम्बुलेन्स सेवा

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ भित्र बसोबास गर्ने सम्पूर्ण वान्सिन्दाले मासिक रुपमा न्युनतम १० हजार लिटर खानेपानी निःशुल्क पाउने भएका छन् । विहिबार...

बागमती प्रदेशमा पुँजीगततर्फको ६ अर्ब बढी बजेट कटौती

मकवानपुर । बागमती प्रदेश सरकारले जेनजी आन्दोलन र विपद्बाट क्षति पुगेका संरचना पुनः निर्माण तथा व्यवस्थापनका लागि पुँजीगत तर्फको बजेट कटौती गरेको छ ।...