सामुदायिक विद्यालयप्रति भरोसा गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

मकवानपुर । हेटौंडा–४ का वडा अध्यक्ष सिग्देलले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको भन्दै आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विद्यालयमै भर्ना गराउन अभिभावकहरूलाई आग्रह गरेका छन् ।

कर्रा टोल विकास संस्थाको ८ औँ साधारणसभाको उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले शिक्षा विकासका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन एकजुट भएर लागिपरेको बताए ।

सामुदायिक विद्यालयले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सुविधा सम्पन्न वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उनको भनाइ थियो।

उहाँका अनुसार विद्यालयमा भौतिक पूर्वाधार सुदृढ बनाइएका छन् भने आधुनिक ल्याब, स्तरीय बाल विकास केन्द्र, दक्ष तथा अनुभवी शिक्षकको व्यवस्थापन गरिएको छ।

व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न अतिरिक्त क्रियाकलाप, तालिम, शिक्षक तथा विद्यार्थीलाई सम्मान र पुरस्कार, साथै प्रतिस्पर्धात्मक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

यी सबै कार्यमा वडा कार्यालयले प्राथमिकताका साथ सहयोग गर्दै आएको वडा अध्यक्ष सिग्देलले स्पष्ट पारे।

साथै, संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धामार्फत शिक्षा गुणस्तर सुधार गर्ने लक्ष्य लिइएको उनको भनाइ छ।

हेटौंडा–४ भित्र भुटनदेवी माध्यमिक विद्यालय, आधुनिक माध्यमिक विद्यालय र श्रमिक माध्यमिक विद्यालय सामुदायिक विद्यालयका रूपमा रहेका छन्।

साधारणसभामा बोल्दै वडा अध्यक्ष सिग्देलले आगामी २०८४ सालसम्म वडाका सबै मुख्य तथा भित्री सडकलाई कच्ची सडक र खाल्डाखुल्डी मुक्त बनाइने जानकारी दिए ।

आफू निर्वाचित भएपछि हालसम्म मुख्य सडकको ८० प्रतिशत र भित्री सडकको ९० प्रतिशत स्तरीकरण सम्पन्न भइसकेको दाबी उनले गरे ।

साधारणसभाले अजिव भट्टराईको अध्यक्षतामा अर्जुन पोखरेल सचिव रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको निर्वाचन समिति संयोजक केशव अर्यालले जानकारी दिए।

संस्थाका अध्यक्ष चन्द्राकान्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन समेत पारित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

हाजिरी विवरण अनिवार्य रुपमा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन

हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरुलाई कर्मचारीहरुको हाजिरी विवरण अद्यावधिक गरी अनिवार्य रुपमा पेश गर्न निर्देशन दिइएको छ...

हेटौंडामा सडक विस्तार रोकियो

मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबारदेखि सुरु गरेको सडक विस्तार कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सर्वाेच्च अदालतबाट मंसिर...

बागमती विश्व विद्यालय र पाँच आङ्गिक क्याम्पसबीच सम्झौता

मकवानपुर । बागमती प्रदेश विश्व विद्यालयले पाँच वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रुपमा सञ्चालन गर्नेगरी औपचारिक रुपमा सम्झौता गरेको छ । प्रदेशको उच्च शिक्षालाई थप व्यवस्थित,...