मकवानपुरका ६ नेताको एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी

मकवानपुर । काठमाडौंमा जारी नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट प्रतिनिधि भएर गएका १७ मध्ये ६ जना नेताले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

मकवानपुरबाट प्रतिनिधि बनेर गएका १७ मध्ये रामेश्वर राना, महेश बर्तौला, भारती पाठक, एकालाल श्रेष्ठ, कृष्ण दाहाल र देवकृष्ण विकले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

बागमती प्रदेश सभाकी सदस्यसमेत रहेकि पाठकले (महिला) क्लस्टरमा उम्मेद्वारी दिएकी हुन् ।

मकवानपुरको क्षेत्र नम्बर–२ बाट निर्वाचित संघीय सांसद महेश बर्तौलाले सदस्य(खुल्ला) मा उम्मेद्वारी दिएका हुन् भने , नेकपा एमाले मकवानपुरका इन्चार्ज रानाले प्रदेश भूगोल सदस्य (खुल्ला) मा उम्मेद्वारी दिएका हुन् ।

त्यस्तै बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले समावेशी जनजाति (खुल्ला) मा उम्मेद्वारी दिएका छन् ।

यी चारै नेताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उम्मेद्वारी दिएका हुन् ।

यता केन्द्रीय सदस्य कृष्ण दाहालले खुल्ला सदस्यतर्फ उम्मेद्वारी दिएका छन् भने देवकृष्ण विकले (दलित) क्लस्टरतर्फ उम्मेद्वारी दिएका छन् ।

यी दुई नेताले भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट उम्मेद्वारी दिएका हुन् ।

त्यसोत, यसअघि चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चुनिएका रामेश्वर राना, भारती पाठक र कृष्ण दाहाल यसपटक पनि सदस्यमानै दोहोरिने योजना बनाएका छन् ।

१० औँ महाधिवेशनमा सदस्यमा नेतृत्वको लिस्टमा नअटाएका बर्तौलाले यसपटक पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका हुन् ।

गत मंसिर २७ बाट सुरु भएको महाधिवेशनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर– १ बाट अणराज जर्गा मगर, नवीन सिग्देल, फुर्वादोर्जे लामा, सुनिल मोक्तान, आरती पाठक, विना कुमारी थिङ, सीता विष्ट र बोलबहादुर कार्की प्रतिनिधि चयन भएर काठमाडौं पुगेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर– २ बाट हिदम लामा, एकालाल श्रेष्ठ, बलराम बल, भगवती पुडासैनी, रोहण लामा, सुमित्रा काफ्ले, विदुर हुमागाईँ, गीता काफ्ले र देवकृष्ण विक निर्विरोध रूपमा प्रतिनिधि चयन भएर हाल महाधिवेशन स्थलमा प्रतिनिधिको रुपमा पुगेका छन् ।

यसैबीच, नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि सोमबार महाधिवेशन स्थल भृकुटीमण्डप पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मङ्गलबार मतदान गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

बालयौन शोषण रोकथामबारे अन्तर्क्रिया

हेटौंडा/अनलाइनमा बालयौन शोषण रोकथामसम्बन्धि स्थानीय र प्रदेशस्तरीय सरोकारवालाबीच अन्तर्क्रिया भएको छ । सिविन नेपाल मकवानपुरको आयोजनामा इन्टरनेट अनलाइनमा बालबालिका संरक्षण कसरी गर्ने भन्ने विषयमा...

लैङ्गिक हिंसा विरुद्ध समन्वय सुदृढ गर्न हेटौंडामा प्रदेश स्तरीय सम्मेलन हुँदै

मकवानपुर । लैङ्गिक हिंसा विरुद्धको प्रतिकार्य संयन्त्रलाई सुदृढिकरण गर्ने उद्देश्यले (भोलि) विहिबार बागमती प्रदेश स्तरीय सम्मेलन हेटौंडामा हुने भएको छ । एक्सोनेट नेपालको आर्थिक सहयोग...

समन्वयबाट विकास र पर्यटन अघि बढ्छ: मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच दरिलो समन्वय भएमा मात्र विकास गतिले तीव्र रुप लिने बताउनुभएको छ...