मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा ७ जना गम्भीर

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थितभीमफेदी–कुलेखानी–काठमाडाैं सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरका अनुसार आइतबार साँझ करिब ५ः२० बजे काठमाडाैंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज १७७८ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली करिब ५ः३० बजे घटनास्थलमा पुगेर उद्धार कार्य गरेको प्रहरीले जनाएको छ।

सुमोमा ६ जना पुरुष, १ महिला, १ बालक र १ बालिका गरी ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडास्थित हेटौंडा अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर र २ जना (बालक र बालिका) को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त सुमो गाडी घटनास्थलमै रहेको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्व दिशामा पर्ने जनाइएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
4
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

प्रगति माध्यामिक विद्यालयको स्वर्ण जयन्ती विविध कार्यक्रमसहित मनाइँदै

मकवानपुर । हेटौंडा–९ पशुपतिनगरस्थित प्रगति माध्यामिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव आयोजना गरेको छ । (आज) शनिबारदेखि सुरु भएको...

श्रम, रोजगार र यातायात क्षेत्रमा ‘जिरो टोलरेन्स’ लागू

मकवानपुर । बागमती प्रदेश सरकारले श्रम, रोजगार तथा यातायात क्षेत्रमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) नीति कडाइका...

स्थानीय सरोकारमा नियमित बहस अघि बढाउँदै स्वतन्त्र पत्रकार संघ मकवानपुर

हेटौँडा | स्थानीय मुद्दामा सरोकारवालाबीचको संवाद र बहसलाई नियमित बनाउने उद्देश्यसहित स्वतन्त्र पत्रकार संघ मकवानपुरले आफ्नो छलफल श्रृंखला अघि बढाउने भएको छ। संघले यसअघि चैत १४...