प्राविधिमैत्री र रोजगारमूलक शिक्षा आजको आवश्यकता: मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजको आवश्यकता प्राविधिमैत्री र रोजगारमूलक शिक्षा भएको बताउनुभएको छ । शिक्षालाई प्रविधिसँग जोड्दै आयमूलक बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित सीता माध्यमिक विद्यालयको सोमबार आयोजित स्वर्ण जयन्ती उद्घाटन समारोहलाई सम्बोधन गर्नुहु्ँदै मुख्यमन्त्री बानियाँले माध्यमिक विद्यालयहरूलाई क्रमशः प्राविधिक शिक्षालयका रूपमा विकास गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“अबको शिक्षा भनेको प्रविधि र आयमूलक हुन जरुरी छ । बेरोजगार उत्पादन गर्ने शिक्षा अब आवश्यक छैन,” उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार मात्र होइन, गुणस्तरीय शिक्षा पनि अपरिहार्य छ । पढ्दै, कमाउँदै अघि बढ्ने शिक्षातर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ ।”

शिक्षालाई आधुनिक बनाउँदै कृत्रिम बौद्धिकता (एआई) सँग जोडेर सक्षम र प्रतिस्पर्धी नागरिक उत्पादन गर्नुपर्नेमा उहाँको जोड थियो ।

मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–२ नम्बर वडाको समग्र विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

उहाँले मनहरी–२ नम्बर वडास्थित भिमान क्षेत्रमा २२ परिवार अत्यन्तै विकट अवस्थामा बसोबास गरिरहेको उल्लेख गर्नुहुँदै उनीहरूलाई सुरक्षित र सुविधायुक्त स्थानमा स्थानान्तरण गर्नेतर्फ प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थानको पहिचान र बजेट व्यवस्थापनबारे गाउँपालिका र प्रदेश सरकार संयुक्त रुपमा अध्ययन गर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी मनहरी–२ र ३ नम्बर वडा जोड्ने खोलामा बेलिब्रिज आवश्यक रहेको स्थानीयको गुनासो उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले सो पुल निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनमुखी, आयमुखी, गरिबमुखी, विकासमुखी र गाउँमुखी काम गर्न आफू दृढ, संकल्पित रहेको मुख्यमन्त्री बानियाँले स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

वडावासीका लागि निःशुल्क खानेपानी, रगत र एम्बुलेन्स सेवा

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ भित्र बसोबास गर्ने सम्पूर्ण वान्सिन्दाले मासिक रुपमा न्युनतम १० हजार लिटर खानेपानी निःशुल्क पाउने भएका छन् । विहिबार...

मकवानपुरको थाहामा ट्रक पल्टिँदा चालक घाइते

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना भएको छ । काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३-००१ ख १७५० नम्बरको ट्रकको अगाडिको...

मकवानपुर क्षेत्र नम्बर २: रास्वपाका उम्मेद्वार उप्रेती र एमाले उम्मेद्वार बर्तौलाको चुनावी प्रतिस्पर्धा चर्चामा

मकवानपुर । यतिबेला सिङ्गो देश निर्वाचनमय बनेको छ । सबैको ध्यान नजिकिदै गरेको प्रतिनिधिसभा निर्वाचनमा खिचिएको छ । गत जेनजी आन्दोलन पछि त झन् देशको...