मकवानपुरको थाहामा ट्रक पल्टिँदा चालक घाइते

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना भएको छ ।

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३-००१ ख १७५० नम्बरको ट्रकको अगाडिको दाहिने पट्टा भाँचिएपछि ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनाका क्रममा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-२ मौवाखोलाका अन्दाजी २७ वर्षीय धुर्व घलेले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टाको पौतालामा सामान्य चोट लागेको छ । घाइते चालकलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट प्रहरी टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

जन्मदिनमा बहिरा तथा सुस्त श्रवण विद्यालयलाई टेलिभिजन सहयोग

मकवानपुर । हेटौंडा–५ सानोपोखरा घर भई हाल न्युजल्याण्ड निवासी श्रेया श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व निभाउँदै बहिरा बालबालिकाका लागि टेलिभिजन सहयोग गरेकी...

एकताबद्ध भएर चुनौती सामना गर्न रानाको आह्वान

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले पार्टी पंक्ति एकताबद्ध भएर वर्तमान चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्। नेकपा एमाले बाग्मती गाउँपालिका...

पत्रकार महिलाले जारी गरे १२ बुँदे घोषणापत्र

हेटौंडा/चितवनको भरतपुरमा भएको २ दिने पत्रकार महिला भेलाले १२ बुँदे घोषणापत्र जारी गरी समापन भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा भएको...