बागमतीमा देवकोटा र दंगाल विजयी

मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी हुनुभएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लड्नुभएका देवकोटा र दंगालले नेकपाका उम्मेद्वारलाई पराजित गर्नुभएको हो ।

महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मत सहित निर्वाचन जित्नुभएको हो । उहाँले प्रदेश सभा सदस्य तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत प्राप्त गर्नुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झाले २ हजार ५२२ मत प्राप्त गर्नुभयो । झाले प्रदेश सभा तर्फ २५ र स्थानीय तह तर्फ ६३ मत पाउनुभयो । सोही पदमा उम्मेद्वार बन्नुभएकी नेमकिपाकी कविता महर्जनले १९७ मत प्राप्त गर्नुभयो ।

प्रदेश सभा तर्फ कुल ८९ मतदाता मध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तह तर्फ २२९ मत मध्ये २२६ मत सदर भएको थियो भने ३ मत बदर भएको थियो ।

त्यस्तै, अन्य क्लस्टरमा उम्मेद्वार बन्नुभएका डा. देवकोटा ६ हजार २०५ मत सहित निर्वाचित हुनुभएको छ । उहाँले प्रदेश सभा तर्फ ५९ मत र स्थानीय तह तर्फ १६२ मत पाउनुभएको छ ।

साथै उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत प्राप्त गर्नुभयो । उहाँले प्रदेश सभातर्फ २५ र स्थानीय तह तर्फ ६४ मत हाँसिल गर्नुभएको हो । त्यस्तै नेमकिपाका उम्मेद्वार विक्रम ढुकुछुले १९७ मत प्राप्त गर्नुभएको हो ।

यता, आगामी फागुनमा महिला क्लस्टरबाट राष्ट्रिय सभा सदस्य रहनुभएकि नेकपा एमालेकी इन्दिरादेवी गौतम र गंगाकुमारी बेलवासेको पदावधि आगामी फागुनमा सकिँदै छ ।

सोही कारण बागमतीबाट महिला र अन्य क्लस्टरअन्तर्गत दुई सदस्यका लागि निर्वाचन भएको हो ।

आइतबार बागमती प्रदेशबाट दुईजना राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले सहकार्य गर्ने निर्णय यसअघि नै गरिसकेका थिए । कांग्रेस–एमालेबीच भएको सहकार्यका कारण बागमती प्रदेशबाट दुवै दलका उम्मेदवार निर्वाचित हुने लगभग निश्चित देखिएको थियो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट प्रदेश सभा सदस्य ११० र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष २३७ जना गरी जम्मा ३४७ जना मतदाता रहने व्यवस्था थियो ।

तर भ्रष्टाचार मुद्दाका कारण एक जना जनप्रतिनिधि मतदानबाट वञ्चित हुनुभयो भने प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिन प्रदेश सभा तथा स्थानीय तहबाट राजिनामा दिनुभएका ९ जना जनप्रतिनिधिले पनि मतदान गर्न पाउनुभएन ।

बागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि कुल मतदाता संख्या ३३८ कायम भएकोमा २० जना अनुपस्थित हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

रोजगारीका क्षेत्र पहिचान गर्न नसक्दा युवाहरु विदेश

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारीका क्षेत्र पहिचान गर्न नसक्दा युवाहरु विदेश पलायन भएको बताएका छन् । बागमती प्रदेश उद्योग परिसंघ र सामाजिक विकास...

मनहरीमा भुमि अधिकार मंचले उम्मेदवारलाइ लालपुर्जा नपाएको भन्दै ध्यानाकर्षण पत्र बुझाए

मकवानपुर । मनहरी गाउँपालिका भुमी अधिकार मंचले नेकपाका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार लवशेर बिष्टलाई बफरजङ्ग र आरक्षण , भुमिहीन दलित...

सुशासन र उपलब्धिमूलक खर्चप्रति प्रदेश सरकार केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुशासन र उपलब्धिमूलक खर्चप्रति जोड दिनुभएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा बसेको बागमती प्रदेश सरकारको...