मनहरीमा भुमि अधिकार मंचले उम्मेदवारलाइ लालपुर्जा नपाएको भन्दै ध्यानाकर्षण पत्र बुझाए

मकवानपुर । मनहरी गाउँपालिका भुमी अधिकार मंचले नेकपाका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार लवशेर बिष्टलाई बफरजङ्ग र आरक्षण , भुमिहीन दलित , भुमीहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको समस्या समाधान नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा बफरजङ्ग र आरक्षणको क्षेत्राधिकार भित्र पर्ने भन्दै अहिले सम्म नापी नगरेर समस्या खडा गर्दै हालसम्मको सरकारले गरिबहरुमाथी थिचोमिचो गर्दै आएकोले अब बन्ने सरकारले मनहरी बासीको समस्या समाधान गर्न पहल गरुन् भनेर पत्र बुझाएको मनहरी गाउँपालिका मंच अध्यक्ष सुर्यबहादुर सापकोटाले बताए ।

मंचले बुझाएको भुमी सम्बन्धि ध्यानाकर्षण पत्रलाई आत्मसात गर्दै उम्मेदवार बिष्ट ले आफुले जितेर गएपछि मनहरीको भुमि सम्बन्धि समस्यालाई पहिलो मुद्दाको रुपमा उठान गर्ने बताए ।

उत्तरी मकवानपुर थाहा नगरपालिकाका निवर्तमान मेयर बिष्टले आफुले काम गरेर सबैको मन जितेको बताए । बिष्टले आफू मेयर हुँदा जनताको काम गरेर आएकोले मत किन्ने , पैसाको बलमा चुनाव जित्नेकुरामा बिश्वास नगर्ने बताए ।

मनहरी गाउँ पालिकाको ज्यामिरेमा भएको ९ नम्बर वडा कमिटी को आयोजनामा भएको कार्यक्रममा मनहरी गाउँ पालिका मंचका अध्यक्ष सुर्यबहादुर सापकोटा , जिल्ला भुमी अधिकार मंच अध्यक्ष देवकृष्ण थोकरले उम्मेदवार बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । कार्यक्रम नेकपा मनहरी गाउँ पालिका ९ नम्बर वडाध्यक्ष सोलाल गोलेको सभाध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

स्थानीय सरोकारमा नियमित बहस अघि बढाउँदै स्वतन्त्र पत्रकार संघ मकवानपुर

हेटौँडा | स्थानीय मुद्दामा सरोकारवालाबीचको संवाद र बहसलाई नियमित बनाउने उद्देश्यसहित स्वतन्त्र पत्रकार संघ मकवानपुरले आफ्नो छलफल श्रृंखला अघि बढाउने भएको छ। संघले यसअघि चैत १४...

बागमती सरकारको सय दिनको उपलब्धि सार्वजनिक

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । गत २० साउनमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका...

बागमती प्रदेशः जेनजी आन्दोलनको १ सय ८ दिन बित्यो, जलेका सरकारी सवारी व्यवस्थापन कहिले?

मकवानपुर । जेनजी आन्दोलन घटनाको १ सय ८ दिन वितिसक्दा पनि बागमती प्रदेश सरकारले जलेका सरकारी साधनहरुको व्यवस्थापन गर्न सकेको छैन । प्रदेशको सामाजिक विकास...