समितिद्वारा मन्त्रालयलाई सात दिनभित्र प्रगति विवरण पेश गर्न निर्देशन

मकवानपुर । बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको ४५ औँ बैठक शुक्रबार बसेको छ ।

बैठकले समितिबाट यसअघि भएका निर्देशन, सुझाव तथा निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै सम्बन्धित मन्त्रालय तथा मातहतका निकायलाई सात दिनभित्र प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ ।

समितिले निर्देशन कार्यान्वयनमा देखिएका बाधा, व्यवधान तथा समस्याबारे स्पष्ट कारण, समाधानका उपाय र अपनाइएका प्रयासहरु समेत समेटेर विवरण पेश गर्न आग्रह गरेको छ ।

त्यस्तै, मन्त्रालय तथा अन्तर्गतका निकायबाट सञ्चालन गरिएका प्रमुख आयोजना, परियोजना तथा कार्यक्रमहरुको अवस्था, लगानी रकम, सम्पन्न भए–नभएको स्थिति र प्राप्त प्रतिफलको विवरणसमेत सात दिनभित्र समितिसमक्ष पेश गर्न निर्देशन दिइएको समितिका सचिव प्रकाश चापाागाईंले जानकारी दिए ।

बैठकमा समितिले आगामी अनुगमनलाई प्रभावकारी, परिणाममुखी र वस्तुगत मूल्यांकनमा आधारित बनाउने विषयमा पनि छलफल गरेको थियो ।

यस्तै, समितिले तथ्यमा आधारित उत्तरदायित्व र गुणस्तर सुनिश्चितता, सेवा प्रवाहमा सुधार, उपलब्धिको मापन, दिगोपनाको परीक्षण तथा सुशासन अभिवृद्धि र पारदर्शिता प्रवद्र्धन हुने गरी अनुगमन कार्यलाई व्यवस्थित गर्न सचिवालयलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

९ महिनामा बागमतीको ८३ किलोमिटर सडक कालोपत्रे

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ८३ किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु...

सामुदायिक वन भवन उद्घाटन

हेटौंडा/नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समूहको भवनको जगको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगर पालिका–११ नम्बर वडास्थित शहीद स्मारक हाताभित्र समूहको भवन निर्माण...

भरतपुरको बजेट ५ अर्ब १९ करोड

हेटौंडा/बागमती प्रदेशअन्तर्गत् नेपालको मध्य भुभागमा रहेको देशको चौथौ ठूलो सहर भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५ अर्ब १९ करोडको बजेट ल्याएको छ...