भरतपुरको बजेट ५ अर्ब १९ करोड

हेटौंडा/बागमती प्रदेशअन्तर्गत् नेपालको मध्य भुभागमा रहेको देशको चौथौ ठूलो सहर भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५ अर्ब १९ करोडको बजेट ल्याएको छ । चालु आवका लागि ६ अर्ब ४६ करोड बजेट ल्याएको महानगरले आगामी वर्षका लागि भने ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपिया“को बजेट ल्याएको हो ।

महानगरको १७ आंै नगरसभामा नगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपप्रमुख चित्रसेन अधिकारीले आइतबार बजेट प्रस्तुत गरेका हुन् । बजेटमा आन्तरिक आयबाट १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ राजस्व बा“डफा“टबाट ३१ करोड ९१ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख, जनसहभागिता/श्रमदानबाट ५ करोड, बैंक मौज्दात ७० करोड र सडक बोर्डबाट ३ करोड रुपिया“ प्राप्त हुने प्रक्षेपण गरिएको छ । महानगरपालिकाले गौतम बुद्ध क्रिकेट रंगशालाका लागि ४ करोड विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म पँुजीगत्‌तर्फ ३८ प्रतिशत् र चालुतर्फ ६९ प्रतिशत् गरी समग्रमा कुल ५३ प्रतिशत् हाराहारी बजेट खर्च भएको नगरसभामा उपमेयर अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि आन्तरिक आय चालु आर्थिक वर्षको अनुमानजस्तै १ अर्ब ८० करोड रहने छ । वडास्तरीय आयोजनाहरुमा न्यूनतम् ३ करोड २१ लाख र अधिकतम् ३ करोड ४० लाखको सिलिङ राखेर ९४ करोड ७८ लाख ७९ हजार बजेट विनियोजन गरेको छ । सहरी पूर्वाधारतर्फको बजेट १४ करोड र महानगरपालिकामा तयार भएका पूर्वाधारको वृत्तचित्र बनाउन ३० लाख, शिक्षातर्फ १० करोड ५० लाख र कृषितर्फ ९ करोड बजेट विनियोजन गरिएको छ । सहरभित्रका सडक नियमित मर्मतसम्भारतर्फ थप ४ करोड र स्वास्थ्य सेवातर्फको बजेट ३ करोड छ ।

बजेटले अधुरा तथा क्रमागत् आयोजनाको निरन्तरता, सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको उपप्रमुख अधिकारीले बताए । बजेटले सहरी पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ । अधुरा तथा क्रमागत् आयोजना सम्पन्न गर्न ६० करोड, बहुवर्षीय ठेक्काको रकम भुक्तानीका लागि २४ करोड ५० लाख र वडास्तरीय आयोजनाका लागि ९४ करोड ७८ लाख विनियोजन गरिएको छ । कृषि तथा पशुविकास कार्यक्रमका लागि ९ करोड विनियोजन गरिएको छ ।

स्वास्थ्य र गुणस्तरीय शिक्षामा पहुँच बढाउन शैक्षिक कार्यक्रमका लागि १० करोड ५० लाख, स्वास्थ्य सेवातर्फ भरतपुर अस्पतालमा निः शुल्क बहिरंग टिकटसहित स्वास्थ्य सेवा सुधारका लागि ३ करोड बढी बजेट विनियोजन गरिएको छ । ‘छोरीहरुका लागि बालउमंग जीवन विमा’, खेलकुद क्षेत्रको विकास, उद्यमशीलता र रोजगारी सिर्जना, वातावरण सरसफाइ, खानेपानी निःशुल्क, सरसफाइ र हरियाली प्रवद्र्धन जस्ता कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको उपप्रमुख अधिकारीले बताए । भरतपुरले चालु आर्थिक वर्षको पुँजीगत् खर्च ३४ प्रतिशत् र चालु खर्च ५८ प्रतिशत्‌मात्र भएको जानकारी दिएको छ । गत वर्ष सोही अवधिमा पुँजीगत् खर्च २९ प्रतिशत् र चालु खर्च ५७ प्रतिशत् थियो । बैशाखसम्म चालु आवको संशोधित पुँजीगत् खर्चका लागि विनियोजन गरिएको २ अर्ब ७२ करोड ४७ लाख ८० हजारको ३४ प्रतिशत्‌मात्र पुँजीगत् र २ अर्ब ७३ करोड ५२ लाख ६२ हजार ९ सयको ५८ प्रतिशत् चालु खर्च भएको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड राजस्व उठाउने लक्ष्य लिएकोमा बैशाखसम्म ९९ करोड ८४ लाख ५८ हजार ४ सय ४२ राजस्व संकलन गरेको छ । बाँकी २ महिनामा ५० करोड राजस्व संकलनको लक्ष्यसाथ काम भइरहेको महानगरले जानकारी दिएको छ ।

नगरसभामा मेयर दाहालले नीति तथा कार्यक्रम पेस गरेकी छन् । नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी भवनहरुमा हरित छत कार्यक्रम सुरु गर्ने र छतमा जस्तापाता लगाउने कार्य निरुत्साहित गर्ने उल्लेख छ । निजी घरजग्गामा सःशुल्क पार्किङ सुरु गर्न निजी क्षेत्रलाई अनुमति दिने नीति राखिएको छ । नगरको फोहोरमैला व्यवस्थापनका लागि आधुनिक पूर्वाधारसहित ल्यान्डफिलसाइट निर्माण सार्वजनिक–निजी साझेदारी मोडेलअनुसार अगाडि बढाउने नीति तथा कार्यक्रममा समेटिएको छ । महानगरपालिकाभित्र दैनिक उत्पादन हुने करिब ८० टन फोहोर संकलन गरेर गत वर्षसम्म नारायणी नदीकिनारमा लगेर पुर्ने गरिन्थ्यो भने हाल अन्तर्राष्ट्रिय महत्वको जैविक मार्ग बरण्डाभार जंगलमा डम्पिङ गर्ने गरिएको छ ।

२०७१ मंसिर १३ गते नेपालको मन्त्रिपरिषद्अन्तर्गत् सामाजिक समितिले ७ नगरलाई उपमहानगर बनाउने सिफारिस गरेअनुरुप सरकारको निर्णयबमोजिम २०७१ पुस २८ गते भरतपुर नगरपालिकाबाट उपमहानगरमा स्तरोन्नति भएको थियो । नेपालको संविधानअनुसार स्थानीय सरकार गठनपछि २०७३ फागुन २७ गते भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गरेपछि हाल महानगरपालिकामा २९ वटा वडा छन् ।

भरतपुरको जनसंख्या २०७८ को जनगणनाअनुसार ३ लाख ६९ हजार २ सय ६८ छ । उक्त सहर ४३२.९५ वर्गकिलोमिटरमा फैलिएको छ । त्यहा“को साक्षरता दर ८७.२० प्रतिशत् छ । जसमध्ये महिला साक्षरता दर ८२.६४ प्रतिशत् छ भने पुरुष साक्षरता दर ९२.१२ प्रतिशत् छ । त्यहा“ ९६ हजार ५ सय ९१ घरघुरी छन् । सानो नाकाको रुपमा रहेको भरतपुरको विकासमा २०१२ मा तत्कालीन सरकारद्वारा ल्याइएको ॅराप्ती दुन विकास योजना’ ले बस्ती बसाउने कार्य थालनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

बकैया र बागमतीका माझी परिवारका घर पाउने सपना पुरा

हेटौँडा | मकवानपुरको बकैया र बागमती गाउँपालिकामा रहेका माझी समुदायका दर्जनौँ परिवारको घर पाउने सपना पुरा भएको छ। सहरी विकास तथा भवन कार्यालय, हेटौँडाको...

रुदानेको “थाहाँ’ यात्राः यथार्थवादी दर्शन

रुपचन्द्र विष्ट, रुदाने नेपालको समकालीन इतिहासमा ती दुर्लभ पात्रहरूमध्येकै एक हुन् । जसले सत्ता, शिक्षा, साक्षरता र चेतनालाई केवल भाषण र नाराको रूपमा होइन,...

घरमा लुकाएर अफिम, गाँजा र बन्दुक

हेटौंडा/मकवानपुरको राक्सिराङबाट लागुऔषध र हातहतियार खरखजनासहित एक जनालाई पक्राउ गरिएको छ । गाउँपालिका–१ बाट लागुऔषध र हातहतियार (२ थान पेस्तोल) सहित पक्राउ गरिएको हो...