चेली प्रोत्साहन कार्यक्रम अन्तरगत सात चेलीलाई सम्मान

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ‘चेली प्रोत्साहन कार्यक्रम’ अन्तरगत सात चेलीहरुलाई नगदसहित सम्मान गरेका छ ।

१२ कक्षा उत्र्तीर्ण पश्चात् २० वर्ष पुरा भएपछि मात्र विवाह गर्ने ७ जना चेलीहरुलाई नगद वीस हजार सहित सम्मान गरिएको होे ।

गाउँपालिकाको बिहिबार बसेको १७ औं गाउँ सभाले पालिकाका विभिन्न वडाका चेलीहरुलाई सम्मान गरेको हो ।

मकवानपुरको सबैभन्दा विकट पालिका कैलाशले गाउँमा मुल समस्याको रुपमा रहेको बाल विवाहलाई न्युनीकरण गर्नका लागि २०८० असार देखि चेली प्रोत्साहन कार्यक्रम सुरु गरेको थियो ।

विहिबार सम्मानित हुनेमा कैलाश– ९ की आइस्का थापा, कैलाश १० की कुमारीमाया स्याङ्तान र एस्तर प्रजा, कैलाश– १ की विमला थापामगर र रीता थापामगर, कैलाश– २ की पुष्पा प्रजा, र कैलाश –५ की सिर्जना दर्लामीमगर रहनु भएको छ ।

पालिकाले हालसम्म ४२ जना चेलीहरुलाई सम्मान गरिसकेको छ ।

भौगोलिक रूपमा विकट रहेको यस गाउँपालिकामा बालविवाहको समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित यस कार्यक्रम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले बताउनुभएको छ ।

अध्यक्ष मुक्तानका अनुसार कार्यक्रमको मुख्य ध्येय पालिकाभित्रका चेलीहरूले कम्तीमा २० वर्ष उमेर पूरा गरेपछि मात्र विवाह गरुन् र न्यूनतम १२ कक्षा उत्तीर्ण गरेपछि विवाहप्रति आकर्षित होउन् भन्ने रहेको छ ।

साथै, यस कार्यक्रममार्फत छिमेकी पालिकाहरुलाई पनि यस्ता सकारात्मक कार्यक्रम अवलम्बन गर्न प्रेरित गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विशेषगरी कैलाश गाउँपालिकाभित्र बसोबास गर्ने तामाङ र चेपाङ समुदायका चेलीहरुलाई प्राथमिकतामा राखिएको छ ।

पालिकाको नीति तथा कार्यक्रममा समावेश गरी सञ्चालन गरिएको यस कार्यक्रमले कति चेलीहरु लाभान्वित भए भन्ने विषयमा प्रभावकारि मूल्यांकन गरिने अध्यक्ष मुक्तानले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म कार्यक्रमले बालविवाह न्यूनीकरणमा सकारात्मक सघाउँ पु¥याएको पालिकाले अनुभूति गरेको छ ।

त्यसैले आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

२ करोड ५१ लाख बजेट पारित

कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिकाको बिहिबार बसेको १७ औं गाउँसभाले आन्तरिक स्रोत तर्फबाट सञ्चालित २ करोड ५१ लाख रुपैयाँ संशोधित बजेट पारित गरेको हो ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सभामा पेश गरेको उक्त बजेट कार्यक्रमलाइ अध्यक्ष लोक बहादुर मुक्तानले निर्णायार्थ पेश गर्नुभएको थियो । अध्यक्ष मुक्तानले पेश गरेको उक्त बजेट कार्यपापलिका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गर्नुभएको हो ।

कैलाशले चालु तर्फ आन्तरिक स्रोत तर्फबाट ९ करोड ४२ लाख रुपैयाँ, पुँजीगत तर्फ १५ करोड ४८ लाख रुपैयाँ सहित कुल २४ करोड ९१ लाख रुपैयाँ संशोधित बजेट कार्यान्वयनमा लाने भएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट २ करोड ५१ लाख रुपैयाँ बजेट थप गरेको हो ।

यसअघि गत असार १० मा गाउँपालिकाले ५४ करोड २९ लाख रुपैयाँ बजेट ल्याएको थियो । कैलाशले उक्त बजेटमा समावेश भएको विशेष तथा सशर्त अनुदान वापतको रकम भने संशोधन गरेको छैन ।

कैलाशले १७ वटा आयोजनाहरु कटौति तथा हटाएको छ भने ४३ वटा योजनाहरु थप गरेको छ । १४ योजनामा रकम घटाउनुको साथै ४ योजनामा रकम थप गरेको छ ।

सभामा विद्यायन समितिका संयोजक भूवन सिं घलानले गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँपालिकाको बेरुजु फस्र्यौट कार्यविधि ०८२, गाउँपालिकाको लेखा समिति गठन तथा सञ्चालन कार्यविधि र गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले चालु आर्थिक वर्षको विनियोजन ऐन, बजेट तथा कार्यक्रमको संशोधित अनुमान विभिन्न एजेन्डाका विषय प्रस्तुत गर्नुभएको थियो ।

सभामा पालिका कार्य सम्पादनमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यकर्मी, प्रशासन तथा प्राविधिक, शिक्षक, विद्यार्थी,सञ्चारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समिति, र उद्यमीलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

बागमतीमा तीन महिनामा १ हजार ८२९ नयाँ उद्योग दर्ता

मकवानपुर । बागमतीमा आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिकमा कुल १ हजार ८२९ वटा नयाँ उद्योग दर्ता भएको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय...

चार महिना देखि बागमती प्रदेशसभा ठप्प

मकवानपुर । करिब चार महिना अगाडि देखि बागमती प्रदेश सभा बैठक अवरुद्ध बनेको छ । कहिले जेनजी पुस्ताको आन्दोलन त, कहिले विपद्को बाहनाले प्रदेश सरकार...

‘अलबिदा’ लेखेका डाक्टर सकुशल फेला

हेटौंडा/फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन् । सामाजिकसञ्जालमा ‘अलबिदा’ लेखेका डा. केशब श्रेष्ठलाई प्रहरीले काठमाडौंमा सकुशल फेला पारेको हो...