पत्रकार महिलाले जारी गरे १२ बुँदे घोषणापत्र

हेटौंडा/चितवनको भरतपुरमा भएको २ दिने पत्रकार महिला भेलाले १२ बुँदे घोषणापत्र जारी गरी समापन भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा भएको पत्रकार महिला भेला घोषणापत्र जारी गरी सम्पन्न भएको हो ।

पहिलो दिन महिला पत्रकाहरुको अवस्था, चुनौती र अवसरबारे चर्चा गर्दै शुरु भएको भेलामा शनिबार दोस्रो दिनमा चितवन घोषणापत्र जारी गरेको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले महिला पत्रकारलाई अवसरसँगै चुनौतीहरु पनि धेरै भएको बताएका छन् ।

अझै पनि पत्रकार महिलालाई सहजरुपमा काम गर्ने वातावरण नभएको उनीहरुले बताएका थिए । कार्यालयमा महिला पुरुषमा हुने भेदभाव, हिंसा, विभिन्न किसिमका घटना, पारिश्रमिक, वैवाहिक जीवन, वैदेशिक रोजगारी र समयअभाव लगायत कारण पत्रकार महिलालाई टिकाइराख्नु ठूलो चुनौती भइरहेको वक्ताहरुले बताए ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश महिला उपाध्यक्ष बिमला पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय बरिष्ठ उपाध्यक्ष दीपक आचार्यको प्रमुख अतिथ्यता थियो । भेलाको दोस्रो दिन नेपाल पत्रकार महासंघ उपाध्यक्ष नितु पण्डितले पत्रकार महिलालाई विभिन्न चुनौतीहरु भए पनि अवसर पनि भएको बताइन् ।

उनले बिगतका दिनमा आफूले गर्दै आएका कामबारे बताउँदै पत्रकारिता क्षेत्रमा धेरै अवसर पनि भएको अनुभव सुनाइन् । कार्यक्रमा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष कृष्ण सारुमगरसहित कार्यसमिति सदस्य तथा जिल्लाका पत्रकारको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

सामुदायिक विद्यालयप्रति भरोसा गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

मकवानपुर । हेटौंडा–४ का वडा अध्यक्ष सिग्देलले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको भन्दै आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विद्यालयमै भर्ना गराउन...

बागतीका मन्त्रालयले अझै पाएनन् बजेट सिलिङ

मकवानपुर । वाग्मती प्रदेश सरकारका मन्त्रालयहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक बजेट सीमा (सिलिङ) अझै प्राप्त गर्न सकेका छैनन् । सरकारले...

भूमि समस्या समाधानका लागि फोकलपर्सन

हेटौंडा/भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लामा रहेको भूमिसम्बन्धि समस्या समाधानका लागि हरसम्भव प्रयासहरु गरिरहेको छ । आयोगको नया’ नेतृत्व आएसँगै जिल्लाका भूमिहीन दलित, भूमिहीन...