मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले ‘हल्ट प्राइज’ प्रतियोगिता गर्दै

मकवानपुर । मकवानपुरको हेटौंडा–२ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसले ‘हल्ट प्राइज’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्यामपसमा करिब पाँच वर्ष पछि आयोजना हुने भएको यस कार्यक्रममा सहभागी हुनका लागि शुक्रबारदेखि रजिष्ट्रेसन फारम खुल्ला गरिएको हल्ट प्राइज प्रतियोगिता २०२५/२०२६ का निर्देशक रिजन इटानीले जानकारी दिए ।

हरेक वर्ष आयोजना गरिने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हल्ट प्राइज’ को तयारीका लागि यसवर्ष मकवानपुरबाट वन विज्ञान अध्ययन संस्थान, (इन्स्टिच्युट अफ फरेष्ट्री, हेटौंडा) र मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले ‘अनक्याम्पस प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।

आगामी माघको अन्तिम साता वा फाल्गुनको पहिलो सातामा हुने ग्रान्ड फिनालेका लागि तयारी तीव्र रुपमा अघि बढाइरहेको क्याम्पस निर्देशक इटानीले जानकारी दिए ।

प्रतियोगितामा इच्छुक स्नातक वा स्नातकोत्तर तह अध्ययन गरिरहेका जुनसुकै विद्यार्थीले पनि सहभागिता जनाउन सक्नेछन् । प्रत्येक समुहमा कम्तीमा दुई वा बढीमा चार जना विद्यार्थी सहभागि हुन पाउनेछन् ।

विद्यार्थीहरूले खाद्य सुरक्षा, खानेपानी सहज पहुँच, ऊर्जा, लैङ्गिक समानता, भूमी, र शिक्षा जस्ता १७ वटा महत्वपूर्ण सामाजिक र विश्वव्यापी विषय सम्बन्धित समस्या समाधान र उद्यमबारे प्रस्तुती दिन सक्नेछन् । जसमा प्रस्तुतीका आधारमा अन्तिममा तीन प्रतीस्पर्धी समूहलाई छनौट गरेर राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि गराइनेछ ।

उनका अनुसार क्याम्पसले यसअघि २०२० मा यस प्रतियोगिताको आयोजना गरेको थियो । यस वर्षको संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मकवानपुर क्याम्पसमा ‘हल्ट प्राइज’ १६ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

प्रतियोगिताले विद्यार्थीहरुमा नवीनतम सोचको विकास गर्ने, उद्यमशीलतामा जोड दिने र सामाजिक क्रियाकलापमा प्रभाव पार्ने योजनाहरु ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने इटानीले बताए ।

यसले विद्यार्थीहरुलाई जटिल समस्यासँग जुध्न सघाँउ पु¥याउने उनले उल्लेख गरे । उनले भने “ क्याम्पस लेभलका विद्यार्थीहरु आफै केहि गरौं, व्यापार गरौं भन्ने सोच सिर्जना गर्नुहुन्छ । तर त्यसमा लागानी गर्ने र सहि मार्गनिर्देशनको अभावले उहाँहरु पछि पर्नुहुन्छ । यसखालको प्रतियोगिताले उहाँहरुको सपना पूरा गर्नुका साथै प्रतिस्पर्धामक भावनाको विकास गर्छ भन्ने हाम्रो मूल अपेक्षा हो । ”

उनले भने “सहभागी विद्यार्थीहरुले प्रस्तुत गर्नुभएको विचारले विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्नुपर्छ भने संयुक्त राष्ट्र संघको कम्तिमा एउटा दिगो विकास लक्ष्यसँग आधारित हुनुपर्छ ।”

उनका अनुसार ‘हल्ट प्राइज’ हरेक वर्ष आयोजना गरिने अन्तर्राष्ट्रिय प्रतियोगिता हो । जसका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाउनुका साथै १ मिलियन अमेरिकी डलरलाई सुनिश्चित गर्ने अवसर हात पार्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

बालयौन शोषण रोकथामबारे अन्तर्क्रिया

हेटौंडा/अनलाइनमा बालयौन शोषण रोकथामसम्बन्धि स्थानीय र प्रदेशस्तरीय सरोकारवालाबीच अन्तर्क्रिया भएको छ । सिविन नेपाल मकवानपुरको आयोजनामा इन्टरनेट अनलाइनमा बालबालिका संरक्षण कसरी गर्ने भन्ने विषयमा...

बागमतीका ६ उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान

मकवानपुर। नजिकिदै गरेको राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेश तर्फको २ सिटमा उम्मेद्वारी दर्ता गरेका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन अधिकृतको...

एकताबद्ध भएर चुनौती सामना गर्न रानाको आह्वान

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले पार्टी पंक्ति एकताबद्ध भएर वर्तमान चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्। नेकपा एमाले बाग्मती गाउँपालिका...