एकताबद्ध भएर चुनौती सामना गर्न रानाको आह्वान

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले पार्टी पंक्ति एकताबद्ध भएर वर्तमान चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्।

नेकपा एमाले बाग्मती गाउँपालिका कमिटीद्वारा आयोजित समीक्षा बैठकलाई सम्बोधन गर्दै रानाले पार्टीविरुद्ध भ्रम सिर्जना गर्न अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय रहेको आरोप लगाए।

उनले राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र विकास–समृद्धिको पक्षमा दृढतापूर्वक उभिएको एमालेलाई कमजोर बनाउन विभिन्न प्रयास भइरहेको उल्लेख गरे।

निर्वाचन परिणाम अपेक्षाअनुसार नभए पनि पार्टीको पक्षमा उत्साहपूर्वक परिचालित नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै उनले अविचलित रूपमा देश, जनता र पार्टीको हितमा लागिरहन आग्रह गरे।

कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलन इतिहासकै कठिन मोडमा पुगेको बताए।

उनले परिवर्तनकारी आन्दोलनमा निरन्तर भूमिका खेलेको एमाले र यसको नेतृत्वमाथि प्रहार भइरहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको सुदृढीकरण र विकास–समृद्धिको पक्षमा अझ दृढ भएर उभिनुपर्नेमा जोड दिए। साथै, जनताबीच फैलाइएका भ्रम चिर्न आवश्यक रहेको उनको भनाइ थियो।

बैठकमा प्रदेश कमिटी सदस्य छिरिङ दोर्जे पाख्रिन, जिल्ला सचिव सीता विष्टलगायतले निर्वाचनको समीक्षा प्रस्तुत गरेका थिए। पालिका कमिटी अध्यक्ष नरबहादुर घलानको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला कमिटी उपसचिव आरती पाठक, जिल्ला सचिवालय सदस्य जयबहादुर वाइवालगायतको उपस्थिति रहेको थियो।

समीक्षा बैठकमा पालिकाभित्रका ९ वटै वडाका प्रतिनिधिहरुले निर्वाचनसम्बन्धी समिक्षात्मक प्रतिवेदन पेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

झोला तान्नेलाई तुरुन्त कारबाही

माधब न्यौपाने हेटौंडा/बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले हेटौंडाको मुख्य बजारमा झोला तान्ने, यात्रुलाई दुःख दिने व्यक्तिलाई तुरुन्त कारबाही गर्न प्रहरी कार्यालय...

दिवाखाजाका लागि ३० रुपियाँ माग

हेटौंडा/शिक्षाक्षेत्रका असल अभ्यास र आगामी दिनमा गर्न बाँकी सुधारको माग राख्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर कार्यसमिति हेटौंडाले उपमहानगर प्रमुख मीनाकुमारी लामालाई ध्यानाकर्षणपत्र...

बागमतीमा तीन महिनामा १ हजार ८२९ नयाँ उद्योग दर्ता

मकवानपुर । बागमतीमा आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिकमा कुल १ हजार ८२९ वटा नयाँ उद्योग दर्ता भएको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय...