उम्मेद्वारी दर्ता पछि डिना र बुद्धको हात उठाउदै बानियाँले भने, ‘कांग्रेस एकताको बाटोमा हिडिसक्यो ’

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर कांग्रेसमा कुनै पनि प्रकारको विवाद नरहेको स्पष्ट पारेका छन् ।

कांग्रेसभित्र भएको नियमित र विशेष महाधिवेशन नेतृत्वको स्वाभाविक प्रतिस्पर्धा मात्रै भएको र त्यो प्रक्रिया निर्वाचनकै क्रममा सम्पन्न भइसकेको उनको  भनाइ छ ।

मंगलबार प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर– १ र २ का कांग्रेस उम्मेद्वारहरुको मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री बानियाँले अब टिकट बाँडफाँटको विषय टुंगिए लगतै त्यसअनुसार नेताहरूबीच एकता कायम भइसकेको बताए।

उनले भने , “ अब कांग्रेस एकताको बाटोमा हिडिसक्यो । टिकट लिएर नियमित अधिवेशन खोज्ने र विशेष महाधिवेशन रोज्ने सबै नेताबीच एकता भइसकेको छ । ”

बागमती प्रदेश सभापतिको हैसियतले दुवै उम्मेद्वारलाई समेटेर अघि बढिसकेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरे ।

कांग्रेस एकताबद्ध भएर निर्वाचनमा होमिएको र मकवानपुरमा पार्टीको जित पक्का रहेको मुख्यमन्त्री बानियाँको दावी रहेको छ ।

आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर– १ बाट डिना उपाध्याय र क्षेत्र नम्बर– २ बाट बुद्ध लामाले मनोनयन दर्ता गराएका छन्। मुख्यमन्त्री बानियाँको उपस्थितिमा उम्मेद्वारहरुको मनोनयन दर्ता गरिएको हो ।

पार्टीकी निवर्तमान सहमहामन्त्रीसमेत रहनुभएकी पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना) र २ नम्बर क्षेत्रबाट पार्टी जिल्ला सभापति बुद्ध लामालाई  कांग्रेस मकवानपुरले उम्मेद्वार बनाएको हो ।

डिना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि १ नम्बर क्षेत्रबाट उम्मेद्वार बनेकी थिइन् । सो बेला उनी राप्रपाका दिपक सिंहसँग पराजित भएकी थिइन् ।

यसैगरी, जिल्ला सभापति लामा पहिलो पटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । लामाले २ नम्बर क्षेत्रबाट ठूला दल नेकपा एमालेका महेश बर्ताेला र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का लवशेर विष्टसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

सीटीईभीटी परीक्षामा पुरानो प्रश्नपत्र वितरण भएपछि परीक्षा रद्द, विद्यार्थी आक्रोशित

मकवानपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत हेटौंडा–६ स्थित नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा आइतबार पुरानो प्रश्नपत्र वितरण भएपछि परीक्षा रद्द गरिएको...

एघार सय रुपैँयाका लागि हेटौंडा झरेका थिए द्वारिका….

मकवानपुर । हेटौंडा स्थित सन्चो हस्पिटलको माथिल्लो तलामा ‘आइ सी यू’ लेखिएको कोठाभित्र श्रीमानलाई राखिएको छ । ढोका बाहिर केहि आफन्तहरु कुरुवा साथी छन् ।...

बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको वर्षे अधिवेशन...