हेटौंडा–४ मा शैक्षिक तथा खेलकुद गतिविधि तीव्र, विभिन्न प्रतियोगिता र सम्मान कार्यक्रम घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालय तथा शैक्षिक गुणस्तर सुधार समितिले वडाभित्र शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ।

शुक्रबार पत्रकार भेटघाटमार्फत सार्वजनिक गरिएका कार्यक्रमहरुमा विद्यालयस्तरीय तथा नगरस्तरीय प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरणलगायत गतिविधि समेटिएका छन्।

वडा कार्यालयका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

शिक्षक भलिबल प्रतियोगिता
बैशाख १८ देखि १९ गतेसम्म जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिनेछ।

प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्। प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना स्थान प्राप्त दुई टिमलाई ५/५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

तेस्रो बृहत खेलकुद प्रतियोगिता

बैशाख २७ गते बिहान ७ बजेदेखि आधुनिक राष्ट्रिय माविमा तेस्रो बृहत खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम हुनेछ।

प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, हाजिरी जवाफ, निबन्ध, कविता तथा वक्तृत्वकलाजस्ता विधामा प्रतिस्पर्धा गराइएको छ। शिक्षकतर्फ पुरुष फुटबल र महिलातर्फ ‘टग अफ वार’ प्रतियोगिता अन्तरगतको पुरस्कार पनि समावेश गरिएको छ। विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

यस अघि गत फागुन २ गते करिब १२ सय विद्यार्थीको सहभागितामा  तेस्रो खेलकुद महोत्सव आयोजना गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा करिब ३५० जना विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिने जनाइएको छ।

उत्कृष्ट विद्यार्थी, अभिभावक र शिक्षक सम्मान

सोही दिन दिउँसो १ बजेदेखि आधुनिक राष्ट्रिय माविमा कक्षा ८ का उत्कृष्ट विद्यार्थी, अभिभावक तथा शिक्षकलाई सम्मान गरिने कार्यक्रम रहेको छ।

जिपिए ४ प्राप्त विद्यार्थीलाई नगद ५ हजारसहित सम्मान गरिनेछ भने उत्कृष्ट नतिजा दिलाउने शिक्षकलाई पनि पुरस्कार प्रदान गरिनेछ।

साथै, उच्च जिपिए ल्याउने अन्य विद्यार्थीलाई मेडल र प्रमाणपत्र दिइनेछ।

शैक्षिक प्रदर्शनी, चित्रकला र नृत्य प्रतियोगिता

आगामी जेठ १४ गते हेटौंडा- ४ स्थित रोयल पार्टी प्यालेसमा बृहत शैक्षिक प्रदर्शनी, चित्रकला तथा नृत्य प्रतियोगिता आयोजना गरिनेछ, जसमा करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

शैक्षिक प्रदर्शनी कार्यक्रम अन्तरगत विद्यार्थीहरुले विज्ञान विषयमा आधारित रहेर प्रदर्शनी गर्नुपर्ने छ ।

प्रदर्शनीका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ३०,  २०, १० र ५ हजार रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिनेछ ।

सोही दिन हुने `पचास वर्षपछि हेटौंडा´ विषयक  चित्रकला प्रतियोगितामा  प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः २०,  १५, १० र ५ हजार रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिनेछ ।

त्यस्तै राष्ट्रिय तथा मौलिक गीतमा आधारित नृत्य प्रतियोगितामा नगर भित्रका विद्यालयबाट भाग लिने विद्यार्थीहरुका लागि प्रथम २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वना ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

४० प्रतिशत भन्दा माथी बजेट शिक्षा क्षेत्रमा लगानी गरेका छौं: वडा अध्यक्ष सिग्देल

पत्रकार सम्मेलन कार्यक्रम मार्फत वडाका वडाध्यक्ष नविन सिग्देलले वडाले हरेक आर्थिक वर्षमा वडामा छुट्टीएर आएका मध्ये ४० प्रतिशत भन्दा माथी बजेट शिक्षा क्षेत्रमा लगानी गरेको दावी गरे । यहाँ १६ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उनले बताए ।

`यहाँ मकवानपुरका मात्र नभई छिमेकी जिल्ला बारा, पर्सा, रौतहट महोत्तरी, सर्लाही, सिराहा र सिन्धुली समेतका विद्यार्थीहरू आएर अध्ययन गरिरहेका छन्। मकवानपुरका शैक्षिक क्षेत्रका गतिविधिले अन्य जिल्ला र प्रदेशसमेतमा असल प्रभाव पारिरहेका छन्। ४ नम्बर वडाको पहिलो प्राथमिकता प्रविधिमैत्री र गुणस्तरीय शिक्षा हो।´ अध्यक्ष सिग्देलले बताए ।

वडाले आयोजना गरेको यी सबै खेलकुद तथा शैक्षिक गतिविधि कार्यक्रम १० लाख रूपैयाँ लागतमा सम्पन्न हुने अनुमान गरिएको अध्यक्ष सिग्देलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

बागमती सरकारको पाँच महिनाको खर्च ६ अर्ब ६४ करोड

मकवानपुर। बागमती प्रदेश सरकारको बजेट खर्चको अवस्था कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार...

कृषि संकट समाधान र सभामुख निर्वाचन शीघ्र गर्न समितिको माग

मकवानपुर । बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले कृषि क्षेत्रमा देखिएको मल तथा बीउबिजन अभावप्रति गम्भीर चासो व्यक्त गर्दै प्रदेश सरकारलाई तत्काल...

स्मारकमा जातीय सङ्गग्रालय सञ्चालन हुने

मकवानपुर  । सहिद स्मारक हेटौंडामा जनजाति संग्राहलय सञ्चालन हुने भएकाे छ । सङ्ग्रलयकाे पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेकाे र असारकाे अन्तिम सातासम्म सञ्चालनमा ल्याईने...