बकैया र बागमतीका माझी परिवारका घर पाउने सपना पुरा

हेटौँडा | मकवानपुरको बकैया र बागमती गाउँपालिकामा रहेका माझी समुदायका दर्जनौँ परिवारको घर पाउने सपना पुरा भएको छ। सहरी विकास तथा भवन कार्यालय, हेटौँडाको सक्रियतामा सञ्चालित एकीकृत वस्ती आवास कार्यक्रममार्फत उनीहरू अब पक्की घरमा बस्न थालेका छन्।

पहिला झुपडी, प्लास्टिकको छाना, र खोलाको छेउछाउमा जोखिमपूर्ण जीवन बिताउँदै आएका माझी समुदायका परिवारले अहिले जस्ताको छाना, छुट्टै भान्सा र सौचालय भएको घर पाएका छन्। यस योजनाले न केवल ओत, बरु आत्मसम्मान, सुरक्षा र नयाँ जीवनको सुरुवात पनि दिएको छ। बकैया गाउँपालिका–५ की कालिका माझीले भनिन्, “सरकारले भगवान् सम्झेर हामीलाई घर दियो, अब हाम्रै ओत भयो।” उनका जस्ता धेरै माझी परिवारले अब आफ्नै घरमा बालबालिकालाई पढाउन, चिसो र बर्खाबाट जोगाउन पाएका छन्।

गत आर्थिक वर्षमा ५० घर निर्माण गरिएको थियो भने चालु वर्षमा थप १० घर बनाइएको छ। घरसँगै सौचालय पनि निर्माण गरिएकाले समुदाय खुलेआम दिसामुक्त बन्दै गएको छ। यो योजना समाजमा सम्मान र स्वाभिमान दिने माध्यम बनेको छ।

कार्यक्रम सफल हुनुमा प्रदेश सरकार, स्थानीय तह, प्राविधिक सहयोगी संस्था र समुदायको सहकार्य प्रमुख कारण रहेको छ। भवन कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार यो योजना केवल भौतिक संरचना होइन, सामाजिक परिवर्तनको अभियान हो।

अब माझी समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीप्रतिको अपेक्षा बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

प्राविधिमैत्री र रोजगारमूलक शिक्षा आजको आवश्यकता: मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजको आवश्यकता प्राविधिमैत्री र रोजगारमूलक शिक्षा भएको बताउनुभएको छ । शिक्षालाई प्रविधिसँग जोड्दै आयमूलक बनाइनुपर्नेमा उहाँले जोड...

भरतपुरको बजेट ५ अर्ब १९ करोड

हेटौंडा/बागमती प्रदेशअन्तर्गत् नेपालको मध्य भुभागमा रहेको देशको चौथौ ठूलो सहर भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५ अर्ब १९ करोडको बजेट ल्याएको छ...

समन्वयबाट विकास र पर्यटन अघि बढ्छ: मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच दरिलो समन्वय भएमा मात्र विकास गतिले तीव्र रुप लिने बताउनुभएको छ...