थपिए तीन हजार बढी मतदाता

मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मतदाता नामावली संकलन भइरहँदा मकवानपुरमा पनि उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको छ ।

गत असोज ९ गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा आएर उत्साहजनक रुपमा पछिल्ला पुस्ताका नागरिकहरु मतदाता नामावली दर्तामा सहभागि भइरहेका निर्वाचन अधिकारी प्रसाद ढकालले बताउनुभयो ।

सरकारले आगामी २१ फाल्गुनमा प्रतिनिधि सभा निर्वाचनको घोषणा गरेपछि हाल देशैभर मतदाता नामावली संकलन भइरहदा मकवानपुरमा पनि यसको उत्साह छाएको हो । सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएका मध्ये फाल्गुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउनेछन् ।

जसमा मकवानपुरमा आइतबारसम्म तीन हजार बढीले आफ्नो नामावली दर्ता गराइसकेको प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । त्यसोत, आइतबार मात्र झण्डै तीन सय जना बढी नामावली दर्ताका लागि यहाँ आएका हुन् ।
“मकवानपुरका दश वटै स्थानीय तहहरुबाटनै यहाँ मतदाता नामावली संकलनमा आउनुभएको छ । पछिल्लो पुस्तामा नागरिकहरु अझ उत्साहले यहाँ आउनुभएको छ । आज आइतबारसम्म तीन हजार बढी नँया मतदाता थपिनुहुन्छ । यो अवधिमा २३५ जनाको मत नामावली ठाउँसारी भएको छ । प्रायजसो यहाँबाट काठमाडौँ ठाउँसारी गर्ने मतदाता धेरै हुनुहुन्छ । यसअघि गत कात्तिक १६ सम्ममा १८ वर्ष पूरा भएका ३ लाख २ हजार २४३ र २०७९ को निर्वाचनमा ३ लाख ७३३ मतदाता रहनुभएको थियो ।” उहाँले भन्नुभयो ।

“जिल्लाको जनसंख्या र भौगोलिक परिवेश हेर्दा हालसम्मको नामावली संकलन संख्या सन्तोषजनकनै मान्न सकिन्छ । मतदाता नामावली संकलन निरन्तर प्रक्रिया हो । त्यसोत, स्थानीय तहको निर्वाचनमानै प्रायः सबै नागरिकले नामावली दर्ता गराइसकेका हुन्छन्, जसकारण नयाँ मतदातामा नामावलीमा छुटपुट र भर्खरै उमेर सीमा पुगेको नागरिकहरु रहनुभएको छ ।” उहाँले भन्नुभयो ।

उहाँका अनुसार अन्तिम मतदाता नामावली आगामी पुष १५ सम्ममा प्राप्त हुन्छ । मकवानपुरमा कति मतदाता थपिए? मतदान स्थल र मतदान केन्द्र कहाँ? भनेर पुष १५ मा प्रकाशन गरिने उहाँले बताउनुभयो ।

मतदाता नामावली प्रक्रिया आगामी कार्तिक ३० सम्म रहेकाले सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकलाई नाम दर्ता गराउन उहाँले आग्रह गर्नुभएको छ ।

मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ ।

त्यसोत, प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात् विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन् ।

आईतबार हेटौैँडा– १७ निवासी सितु श्रेष्ठ आईतबार मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय हेटौँडा आउनुभएको छ । ४५ वर्षीय श्रेष्ठको लागि आउँदो निर्वाचन जीवनको पहिलो अनुभव रहनेछ । उहाँले यसअघिका चुनावमा कहिल्यै भोट हाल्नुभएको छैन । काठमाडौँको कोटेश्वरदेखि हेटौँडा बसाइसरेर आउनुभएकी श्रेष्ठले गत भदौमा जेनजी पुस्ताले गरेको आन्दोलन पश्चात् आगामी निर्वाचनमा आफूले मतदान गर्न पाउने अधिकार प्रयोग गर्ने सोच बनाउनुभयो । यूवाहरुके आन्दोलनलाई आफ्नो मताधिकार प्रयोग गरी योग्य प्रतिनिधि छान्ने सोच बनाएको उहाँले बताउनुभयो ।

त्यस्तै, मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ देखि मतदाता नामावली दर्ताका लागि आउनुभएका २० वर्षीय विश्वास लम्सालपनि उत्साहपूर्व कार्यालयको लाइनमा बस्नुभएको छ । उहाँ भन्नुहुन्छ “ जेनजी आन्दोलनले धेरै कुरा सिकाएको छ । पुरानै दलका उम्मेद्वार रहनुभयो भने हाम्रो ‘नो भोट’ हुनेछ । यदि आफूलाई चित्त बुझ्दो नँया दल, जसले हाम्रो पुस्ताको माग सम्बोधन गर्छ र चुनावमा उम्मेद्वार रहन्छ भने उहाँहरुलाई हाम्रो समर्थन रहनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले ‘हल्ट प्राइज’ प्रतियोगिता गर्दै

मकवानपुर । मकवानपुरको हेटौंडा–२ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसले ‘हल्ट प्राइज’ प्रतियोगिता आयोजना गर्ने भएको छ । क्यामपसमा करिब पाँच वर्ष पछि आयोजना हुने भएको...

श्रम, रोजगार र यातायात क्षेत्रमा ‘जिरो टोलरेन्स’ लागू

मकवानपुर । बागमती प्रदेश सरकारले श्रम, रोजगार तथा यातायात क्षेत्रमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) नीति कडाइका...

मकवानपुरका दुग्ध किसानलाई १४ करोडभन्दा बढी रकम अड्कियो

मकवानपुर। मकवानपुरमा दुग्ध उद्योगहरुले लामो समयदेखि किसानलाई दुधको भुक्तानी नगर्दा हजारौँ किसान आर्थिक दबाबमा परेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार करिब चार...