चार महिना देखि बागमती प्रदेशसभा ठप्प

मकवानपुर । करिब चार महिना अगाडि देखि बागमती प्रदेश सभा बैठक अवरुद्ध बनेको छ ।

कहिले जेनजी पुस्ताको आन्दोलन त, कहिले विपद्को बाहनाले प्रदेश सरकार विगत चार महिना देखि संसद बैठक रोक्दै आएको छ भने सरकारले पछिल्लो समय संसदको चालु वर्षे अधिवेशन नै अन्त्य गरेको छ ।

गत मंसिर ४ मा बसेको बागमती मन्त्री परिषद्को बैठकले ‘वर्षे अधिवेशन’ अन्त्य गर्ने निर्णय सहित प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । सो गरेसँगै बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ४ गते राती ११ः५९ बजेबाट वर्षे अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।

त्यसोत, सरकारले वैठक संचालनको बाधक बागमती प्रदेशमा रिक्त रहेको सभामुख पद हो । एक सभामुख पदका लागि सत्तारुढ दलहरु बिच नै लुछाचुडीले बैठकको अनिश्चितता लम्बिएको हो ।

पदीय हानथापका कारण पटकपटक चर्चामा आउने गरेको बागमती प्रदेश सरकार यस पटक पनि प्रदेश सभामा रिक्त रहेको सभामुख पदशक्तिका लागि लडिरहँदा यता प्रदेश सभाको बैठक भने अनिश्चित् बनेको हो ।

सभामुख पदको भागबन्डा निमल्दा गत २७ साउन पश्चात् बागमती प्रदेश सभाको बैठक बस्न सकेको छैन । २७ साउनमा प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बसेको थियो । कात्तिक पहिलो हप्ताभित्रै प्रदेश सभा सञ्चालन गर्ने भनिएपनि हालसम्म पनि प्रदेश सभाको बैठक अनिश्चित् रहेको हो ।

गत भदौमा जेनजी पुस्ताहरुले गरेका प्रर्दशनका क्रममा बागमती प्रदेशसभा सचिवालयको भवन र नवनिर्मित प्रदेशसभा बैठक भवन ध्वस्त हुँदा बैठक प्रभावित बनेको थियो । त्यस यता प्रदेशसभा अनिश्चित बनेको हो ।

गत २४ भदौमा जेनजी पूस्ताले गरेको प्रदर्शनका समयमा प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । राप्रपाबाट सभामुख बनेका पाठकले १ असोजमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएपछि उक्त पद रिक्त छ । स्रोतका अनुसार बागमती सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सत्ता साझेदार दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी मध्ये कसलाई सभामुख दिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो ।

सभामुखमा प्रदेश सभाका प्रमुख तीन दलले नै दाबी गर्दै आएका छन् । एक सभामुख पदमा सत्तारुढ दल नेपाली कांग्रेस, नेपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको आ–आफ्नै दावी छ ।

नेपाली कांग्रेस र एमालेबीच गत असोज अन्तिममा भएको संयुक्त संसदीय दलको बैठकमा नै सभामुख चयनका विषयमा औपचारिक संवाद भएको थियो । यद्यपी बैठकमा सहमति भने जुट्न सकेको थिएन ।

यता सभामुखको राजिनमाको विषय संसदलाई जानकारी गराउनु पर्ने व्यवस्था छ । तर, सरकारले संसदको अधिवेशन अन्त्य गरेकाले उपसभामुख अप्सरा चापागाईले सूचना जारी गर्दै सभामुखको राजिनामा बारे सांसदहरुलाई जानकारी गराइसकेकी छिन् । उनले भंसिर ५ गते सूचना जारी गर्दै सभामुखको राजिनामा बारे सांसदहरुलाई जानकारीका लागि सूचना प्रकाशन गरेकी हुन् ।

त्यसोत, संवैधानिक प्रावधान अनुसार प्रदेशसभा बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने हुन्छ । यद्यपी संसदको अधिशवेन अन्त्य भइसकेकाले अर्को अधिवशेन बैठक कुर्नुको विकल्प छैन । उक्त कानुनी बहसका विच प्रदेशसभा डाक्ने वषय सरकार अझै अन्योलमा रहेको देखिन्छ ।

यता, बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सरकारले वर्षे अधिवेशनको अन्त्य गरेका कारण हाललाई प्रदेश सभाको बैठक अझै टुंगो नलाग्ने जानकारी दिए । सरकारले हिउँदे अधिवेशन सुरु गरे लगत्तै सभामुखको विषय टुंग्याउने उनले बताए ।

प्रदेशका मन्त्रालयहरु यतिबेला विधेयक बनाउने तयारीमा जुटेको र सो पश्चात् क्याविनेट बैठक डाँकेर हिउँदे अधिवेशन आव्हान गरिने उनले बताए । सरकारले हेटौँडा–२, स्थित हेटौँडा उपमहानगरपालिका पछाडिको सभाहलबाट प्रदेशसभा सञ्चालनको तयारी गरिसकेको उनको भनाई छ ।

उनले भने “सभामुखको पदका लागि दलहरु बीच छलफल जारी छ । संसदीय दलहरुबीच सहमति जुटेपछि प्रदेश सभाले सभामुख पाउने निश्चित छ । अहिलेनै केहि भन्न सक्ने अवस्था छैन । यद्यपी, सरकारले हिउँदे अधिवेशन सुरु गर्ने तयारी गरिरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

एमाले मकवानपुरबाट केन्द्रीय सदस्यमा विजयी भए यी पाँच अनुहार

मकवानपुर । नेकपा एमाले मकवानपुरबाट केन्द्रीय सदस्यका लागि दावी गर्दै चुनावमा होमिएका पाँच जना नेताहरु विजयी भएका छन् । काठमाडौंमा सम्पन्न नेकपा एमाले ११ औँ...

प्राविधिमैत्री र रोजगारमूलक शिक्षा आजको आवश्यकता: मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजको आवश्यकता प्राविधिमैत्री र रोजगारमूलक शिक्षा भएको बताउनुभएको छ । शिक्षालाई प्रविधिसँग जोड्दै आयमूलक बनाइनुपर्नेमा उहाँले जोड...

हेटौंडामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय स्तरको एघारौं स्क्राबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–२ बासुदेव मार्गमा अवस्थित बाल जागृति इङ्गलिस बोर्डिङ स्कुलको आयोजना तथा स्क्राबल...