आगो ताप्ने क्रममा कपडामा सल्किएर ५ वर्षीया बालिका घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–८ शिशिरदमारस्थित एक कुखुरा फर्ममा आगो ताप्ने क्रममा कपडामा सल्किएर ५ वर्षीया बालिका घाइते भएकी छन् ।

चितवनको राप्ती नगरपालिका–१ लोथर घर भई हाल मकवानपुर बकैया गाउँपालिका–८ शिशिरदमारमा बस्दै आएका रमेश फुयाँलको कुखुरा फर्ममा कार्यरत दिलबहादुर प्रजाकी करिब ५ वर्षीया छोरी सोनिया प्रजा आगो ताप्ने क्रममा घाइते भएकी हुन् ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ९ बजे फर्मको कम्पाउन्डभित्र सँगै आगो तापेर बसिरहेकी बालिकाकी आमा सानुमाया प्रजा बाहिर निस्किएको बेला अचानक बालिकाको कपडामा आगो सल्किदा छाती र घाँटीमा पोलेको थियो ।

घाइते बालिकालाई उपचारका लागि आमा सानुमाया प्रजाले दिउँसो करिब १२ बजे हेटौंडा अस्पताल ल्याएकी थिइन् ।

अस्पताल स्रोतका अनुसार बालिकाको अवस्था मध्यम रहेको छ । घटनाबारे अस्पतालमा खटिएको प्रहरी कर्मचारीमार्फत जानकारी प्राप्त भएपछि इलाका प्रहरी चौकी हात्तिसुडे, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।

घटनास्थल प्रहरी चौकी हात्तिसुडेबाट करिब ५ किलोमिटर पूर्वतर्फ पर्दछ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

चेली प्रोत्साहन कार्यक्रम अन्तरगत सात चेलीलाई सम्मान

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ‘चेली प्रोत्साहन कार्यक्रम’ अन्तरगत सात चेलीहरुलाई नगदसहित सम्मान गरेका छ । १२ कक्षा उत्र्तीर्ण पश्चात् २० वर्ष पुरा भएपछि मात्र...

चार महिना देखि बागमती प्रदेशसभा ठप्प

मकवानपुर । करिब चार महिना अगाडि देखि बागमती प्रदेश सभा बैठक अवरुद्ध बनेको छ । कहिले जेनजी पुस्ताको आन्दोलन त, कहिले विपद्को बाहनाले प्रदेश सरकार...

सुशासन र उपलब्धिमूलक खर्चप्रति प्रदेश सरकार केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुशासन र उपलब्धिमूलक खर्चप्रति जोड दिनुभएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा बसेको बागमती प्रदेश सरकारको...