बागमती सरकारको सय दिनको उपलब्धि सार्वजनिक

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।

गत २० साउनमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत आफ्नो नेतृत्वको सरकारले सम्पन्न गरेका प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्त पश्चात् भ्रष्टाचारमुक्त, शुसासनयुक्त, जबाफिदेही, उत्तरदायी र पारदर्शी समाजको निर्माण गर्ने सरकारको प्रमुख बाचा अनुरुप प्रदेश सरकारले काम कारबाहि अगाडि बढाएको उहाँले दावी गर्नुभयो ।

प्रदेश सरकारका सबै विभागीय मन्त्रालयहरुबाट चस्ुत दुरुस्त रुपमा कार्य भइरहेको र चालु आर्थिक वर्षका स्वीकृत कायक्रम तथा बजेटको कार्यान्वयनको लागि वार्षिक योजना तर्जुमा भई कार्यान्वयनमा लैजाने तैयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले यस अवधि सम्ममा कुल अनुमानको १६.६५ राजश्व संकलन गरेको तथा कुल अनमुानको ७ दशमलव २४५ बजेट खर्च गरेको उहाँले सार्वजनिक गर्नुभएको प्रगति विवरणमा उल्लेख छ ।

बानियाँको नेतृत्वमा सरकार गठन भएपश्चात् बागमती प्रदेशमा ६ वटा मन्त्रीपरिषद्को बैठक बसी ४७ वटा महत्वपूर्ण निर्णयहरु गरिएका छन् ।

उक्त बैठकहरुबाट स्वीकृत भएको प्रदेश सरकारको प्रशासनिक पुर्नसंरचना गर्ने सम्बन्धी संकल्प प्रस्तावको कार्यान्वयर्नाथ उच्चस्तरीय पुर्नसंरचना निर्देशन समिति गठन गरी कार्य अगाडि बढाइएको मुख्यमन्त्री बानियाँले बताउनुभयो ।

उपलब्धि विवरणमा उल्लेख भए अनुसार स्वस्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने १० जना विपन्न र सीमान्तकृत परिवारका जेहेन्दार विद्यार्थीहरुलाई प्रदेश सरकारले छात्रवृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयन गराउन कार्यविधि निर्माण गर्ने कार्य सुरु गरिएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्नका लागि विभिन्न मन्त्रालय अन्र्तगत ५०४ वटा अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

प्रदेश सरकारले यस अवधिमा प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६(संशोधन २०८२), मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६(संशोधन २०८२) र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६(संशोधन २०८२) लाई संशोधन गरेको छ ।

प्रदेश सरकारले यस अवधिमा मनसुनजन्य विपद् जोखिम न्युनीकरणका लागि स्थान्ीय तहलाई २ करोड ३० लाख रुपैँया उपलब्ध गराएको छ ।

आन्दोलनका क्रममा जलेका प्रहरीका सवारी साधन खरिदका लागि २ करोड ७५ लाख ४० हजार रुपैँया काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालयलाई अख्तियारी प्रदान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारले यो अवधिमा ११.५ किलोमिटर सडक कालोपत्रे, ६. ७४ किलोमिटर सडक ढलान, ५ किलोमिटर सडक ग्राभेल, ५ सडक पुल निर्माण तथा १९२.५ किलोमिटर सडक मर्मत सम्भार कार्य सम्पन्न गरेको जनाएको छ ।
यस अवधिमा ३४ वटा आयोजनाहरुको निर्माण कार्य सुरु गरिएको छ । कार्तिक २५ सम्ममा बागमती प्रदेशको राजस्व कुल ११ अर्ब १९ करोड ९२ लाख ( कुल अनुमानको १६.६ प्रतिशत असुल रहेको) प्रगति विवरणमा उल्लेख छ ।

साथै चालू खर्च ३ अर्व २४ करोड र पुँजीगत तर्फ १ अर्ब ३१ करोड ७७ लाख गरी कुल ४ अर्ब ५६ करोड २ लाख खर्च भएको जनाइएको छ ।

‘बागमती प्रदेश विश्व विद्यालय आर्थिक प्रशासन सम्बन्धी विनिमय, २०८२’ स्वीकृत गरी कार्यान्वयन गरिएको, प्रदेश भित्रका ८६ सहकारी संस्थाहरुको विवरण अध्यावधिक गरिएको, भक्तपुर अस्पतालमा डाइलाइसिस सेवाको सुरुवात गरिएको, क्यान्सर रोग लागेका विपन्न नागरिकलाई प्रदेश सरकारले उपलब्ध गराउने थप ५० हजार उपचार सहुलियतका लागि १७ अस्पतालसँग सम्झौता गरिएको विषयलाई सरकारले उपलब्धि मानेको छ ।

यस्तै वन क्षेत्रबाट ७ करोड राजस्व संकलन गरिएको, लम्पी स्कीन रोग नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ९६ हजार ३४७ डोज खोप निःशुल्क लगाइएको सरकारले सार्वजनिक गरेको उपलब्धि विवरणमा उल्लेख छ ।

त्यस्तै, ‘बोटे, माझी, हायू, मुसहर र वनकरिया समुदायका लागि स्वरोजगार परियोजना संचालन सम्बन्धि कार्यविधि, २०७२’ कार्यान्वयनमा ल्याइएको, ‘डिजिटाइजेशन कार्यक्रमलाई व्यवस्थित गर्न सवारी साधन तथा विद्युतीय अभिलेख प्रणाली व्यवस्थापन कार्यविधि २०८२’ कार्यान्वयनमा ल्याइएको, पर्यटन क्षेत्रबाट १ करोड ५ लाख ३४ हजार ५९० रुपियाँ राजस्व संकलन गरिएको लगायतलाई उपलब्धिको रुपमा बागमती सरकारले सार्वजनिक गरेको छ ।

हाल बागमतीमा कांग्रेस र एमालेको सयुक्त सरकार छ । १४ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालयसहित ८ र एमालेको भागमा छ मन्त्रालय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

बागमती प्रदेशः जेनजी आन्दोलनको १ सय ८ दिन बित्यो, जलेका सरकारी सवारी व्यवस्थापन कहिले?

मकवानपुर । जेनजी आन्दोलन घटनाको १ सय ८ दिन वितिसक्दा पनि बागमती प्रदेश सरकारले जलेका सरकारी साधनहरुको व्यवस्थापन गर्न सकेको छैन । प्रदेशको सामाजिक विकास...

श्रम, रोजगार र यातायात क्षेत्रमा ‘जिरो टोलरेन्स’ लागू

मकवानपुर । बागमती प्रदेश सरकारले श्रम, रोजगार तथा यातायात क्षेत्रमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) नीति कडाइका...

सामुदायिक विद्यालयप्रति भरोसा गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

मकवानपुर । हेटौंडा–४ का वडा अध्यक्ष सिग्देलले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको भन्दै आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विद्यालयमै भर्ना गराउन...