राक्सिराङमा घरघरमै सरकारको सेवा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले स्थानीयको सहजताको लागि सबै सेवा एउटै ठाउँबाट प्रदान गरेको छ ।

सोमबार गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी देखि पञ्जिकरण विभागका अधिकारी देखि प्रमुख जिल्ला अधिकारी सहितको उपस्थितीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हुन् ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका शाखा अधिकृत देवचन्द्र गर्तौला सहितको टोलीले राक्सिराङ–९ खैराङको घुम्ती शिविरमै राष्ट्रिय परिचय पत्र प्रिन्ट गरेर वितरण गरिदिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी सहितको टोलीले विभिन्न कारण नागरिकताबाट वञ्चित भएका स्थानीयलाई घरमै पुगेर नागरिकता वितरण गरिदए । गाउँमै आएका टोलीले हातमा नागरिकता र राष्ट्रिय परिचय पत्र थमाइदिए पछि स्थानीयहरु दंग देखिएका थिए ।

त्यसोत, घुम्ती शिविरमा स्वास्थ्य जाँच, सुत्केरी आमाहरुको लागि कुखुरा वितरण गरिएको थियो भने कृषि शाखाबाट वितरण हुने अनुदानमा आधारित कृषि औजार, बल बिउविजन वितरण गरिएको थियो । पशु शाखाबाट पशुपन्छीका लागि भिटामिन र जुकाको औषधि वितरण गरिएको थियो ।

गाउँपालिकाले हरेक वर्ष जेष्ठ नागरिकको सम्मान स्वरुप घरघरमा पुगेर जेष्ठ नागरिकलाई तागतयुक्त खानेकुरा वितरण तथा स्वास्थ्य जाँचको समेत सेवा प्रदान गर्दै आएको छ । सोही कार्यक्रमलाई निरन्तरता सहित गाउँपालिका अध्यक्ष राजकुमार मल्ल सहितको टोलीले घरघरमा पुगेर जेष्ठ नागरिकका लागि फलफूल, छाता, झुल प्रदान गरेका हुन् । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारा सहित सबै सेवा एकै ठाउँमा उपलब्ध गराइएको अध्यक्ष मल्लले बताए ।

उक्त कार्यक्रम मार्फत ३० जनालाई नागरिकता, १ हजार जनालाई राष्ट्रिय परिचय पत्र, कृषक समूहको लागि हाते ट्याक्टर, ग्रिन टडेलको प्लाष्टिक, पम्प लगायतको सामाग्री विरतण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

मनहरीमा भुमि अधिकार मंचले उम्मेदवारलाइ लालपुर्जा नपाएको भन्दै ध्यानाकर्षण पत्र बुझाए

मकवानपुर । मनहरी गाउँपालिका भुमी अधिकार मंचले नेकपाका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार लवशेर बिष्टलाई बफरजङ्ग र आरक्षण , भुमिहीन दलित...

बागमती विश्व विद्यालय र पाँच आङ्गिक क्याम्पसबीच सम्झौता

मकवानपुर । बागमती प्रदेश विश्व विद्यालयले पाँच वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रुपमा सञ्चालन गर्नेगरी औपचारिक रुपमा सम्झौता गरेको छ । प्रदेशको उच्च शिक्षालाई थप व्यवस्थित,...

सीटीईभीटी परीक्षामा पुरानो प्रश्नपत्र वितरण भएपछि परीक्षा रद्द, विद्यार्थी आक्रोशित

मकवानपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत हेटौंडा–६ स्थित नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा आइतबार पुरानो प्रश्नपत्र वितरण भएपछि परीक्षा रद्द गरिएको...