भूमि समस्या समाधानका लागि फोकलपर्सन

हेटौंडा/भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लामा रहेको भूमिसम्बन्धि समस्या समाधानका लागि हरसम्भव प्रयासहरु गरिरहेको छ । आयोगको नया’ नेतृत्व आएसँगै जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लामो समदेखिको समस्या समाधनका लागि छलफल, अन्तर्क्रिया, समन्वय र सहकार्य अगाडि बढाएको छ । यसक्रममा आयोग अध्यक्ष बलराम बलको सभाध्यक्षतामा आइतबार बसेको बैठकले भूमि समस्या समाधानका लागि फोकलपर्सन तोकेर सदस्यहरुलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय पालिकाहरुसँग समन्वय र सहकार्य गर्ने र द्रुतगतिमा काम अगाडि बढाउने उद्धेश्यसाथ विज्ञ सदस्य अर्जुनप्रसाद चौलागार्इंलाई हेटौंडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको जिम्मेवारी दिने निर्णय गरेको छ । सदस्यहरु दिलमाया घर्तीलाई थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका तथा सदस्य कविन सांगामीलाई बकैया, मकवानपुरगढी र इन्द्रसरोवर गाउँपालिकाको जिम्मेवारी दिइएको छ ।

बैठकले बागमती गाउँपालिकाबाट प्राप्त १ सय १४ वटा फाइलको स्वामित्व एकिन गर्न मालपोत कार्यालयमा लेखिपठाउने निर्णय गरेको छ । पालिकाबाट प्राप्त विवरणअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी हुन्‌/होइनन् भनेर रुजु गर्न ती फाइल मालपोत कार्यालय पठाउने निर्णय गरेको आयोग सदस्य घर्तीले बताइन् । विगतका आयोगद्वारा नसमेटिएको/गर्न बाँकी अधुरो काम तथा हालको कार्यादेशले समेत नसमेटेका विषय जस्तै फिल्डबुकमा नाम भएर पनि कैफियतमा वन, ऐलानी जनिएको, भोगलगत नभेटिएका, नापनक्सा भएर पनि फिल्डबुकमा नाम नभेटिएकाहरुको समस्या समाधानका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर केन्द्रीय कार्यालयमा पत्राचार गर्ने निर्णय गरिएको उनले बताइन् ।

पुस्तौंपुस्ता भोगचलन गर्दै आएको, पुरानो नापी भएको तर फिल्डबुकमा नाम नभेटिएको, भेटिए पनि भोगलगत नभेटिएको वा वन तथा ऐलानी जनिएको जस्ता समस्या समाधानका लागि हालको कार्यादेशले पनि नबोलेको हुँदा केन्द्रीय आयोगमा लेखिपठाइएको उनले बताइन् । बैठकमा आयोग सदस्यहरु डिभिजन वन कार्यालय हेटौंडा प्रमुख राकेशप्रसाद चन्द्रवंशी, डिभिजन वन कार्यालय मनहरी प्रमुख हेमबहादुर थापा, नापी कार्यालय मकवानपुर प्रमुख खिमबहादुर राना, मालपोत कार्यालय मकवानपुर प्रमुख रघुवंश कँडेल र जिल्ला प्रशसन कार्यालय मकवानपुरका अधिकृत सरोज पौडेललगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको वर्षे अधिवेशन...

त्यागी र शालीन नेताको रुपमा परिचित राना यसपटक संसद छिर्ने दौडमा

मकवानपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरको दुई क्षेत्रबाट ४४ जनाले मनोनयन दर्ता गराए । जसमा जिल्लामा पूराना, स्थापित दल र नयाँ र...

९ महिनामा बागमतीको ८३ किलोमिटर सडक कालोपत्रे

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ८३ किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु...