बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रस्तावित, प्रदेश आयोजनाको वहुवर्षीय ठेक्का सहमति सम्बन्धि मापदण्डलाई पारित गरेको छ ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्री परिषद्को प्रस्तावमा राम बाबु पुरीलाई श्रम रोजगार तथा यातायात मन्त्रालयमा सचीव पदस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले तालिम केन्द्र भण्डारामा सुधीर श्रेष्ठ र कृषि निर्देशनालय हेटौँडामा नारायण कुमार श्रेष्ठलाई सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले शसस्त्र प्रहरी र नेपाल प्रहरीको शसस्त्र आवाशीय भवन निर्माण तथा संरचना सुधारका लागि विनियोजित रकमको प्रभावकारी खर्चका लागि सम्बन्धित निकायलाई अख्तियारी प्रयोग गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

रुदानेको “थाहाँ’ यात्राः यथार्थवादी दर्शन

रुपचन्द्र विष्ट, रुदाने नेपालको समकालीन इतिहासमा ती दुर्लभ पात्रहरूमध्येकै एक हुन् । जसले सत्ता, शिक्षा, साक्षरता र चेतनालाई केवल भाषण र नाराको रूपमा होइन,...

अब संसदमा गुञ्जिनेछन् दलित समूदायको आवाज

हेटौंडा । २०३४ सालको साउने झरी । तत्कालीन हलुवार गाविस दाङको पर्सेनीमा बुवा भरत विश्वकर्मा र आमा दौलती विश्वकर्माको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएकी...

हेटौंडामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय स्तरको एघारौं स्क्राबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–२ बासुदेव मार्गमा अवस्थित बाल जागृति इङ्गलिस बोर्डिङ स्कुलको आयोजना तथा स्क्राबल...