प्रजा दम्पतीलाई पक्की घर बनाइदिने मुख्यमन्त्री बानियाँ

मकवानपुर । मकवानपुरको कर्णाली भनेर चिनिने सबैभन्दा विकट पालिका हो, कैलाश गाउँपालिका । जहाँ चेपाङ समुदायको बाहुल्यता पाइन्छ ।

कैलाश गाउँपालिका वडा नम्बर– ४ धुसाराङका एक पाखामा खरको छाप्रो गरी वर्षाे बिताएका प्रजा दम्पतीको सोमबारे विहानी अरु विहानी भन्दा निकै खास थियो ।

सोमबार प्रजा दम्पतीसँगै सिंगो धुसाराङनै यसदिन गाउँमा भित्रिरहेका विशेष पाहुनाको प्रतिक्षामा बसेको थियो । त्यसोत, गाउँमा प्रदेशका मुख्यमन्त्री आउने गाइँगुईं केहिदिन अगाडि देखिनै सुनिएको थियो ।

त्यसैले विहानैदेखि उनको स्वागतमा कस्सिएको थियो प्रजा दम्पती र सिंगो धुसाराङ । प्रजा दम्पतीको घरदेखि करिब १ किलोमिटर माथि बाटोको दायाँबायाँ हरिया केराको खम्बा गाडेर प्रवेशद्वार बनाइएको छ । स्कुले पोशाकमा आएका बालबालिकाहरु कतिबेला सेतो गाडी देखिएला भनेर एकटकले बाटोतिर हेरिरहेका छन् । बाँनियालाई स्वागत स्वरुप लगाइदिन सयपत्री राखी उनेका मालाहरु बोकिरहेका छन् कलिला हात ।

त्यसोत, आज प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बाँनिया गाउँमा कुनै कार्यक्रम उद्धाटन वा कुनै भाषणका लागि गएका थिएनन् ।

मुख्यमन्त्री बानियाँले आफू बागमतीको मुख्यमन्त्रीमा पदबहाली भएलगत्तै पहिलो मन्त्रीपरिषद्को बैठकबाट आफूलाई मुख्यमन्त्री भएबापत प्राप्त हुने तलब भत्ताको रकमबाट आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने घोषणा गरेका थिए । सोमबार त्यहि घोषणा पुरा गर्न हेटौंडादेखि कैलाश मोडिएका थिए बाँनिया, अनि प्रजा दम्पतीको खुसीमा साक्षी बस्न आएको थियो सिंगो गाउँ ।

बाँनियाले आफुलाई प्राप्त हुने तलब भत्ताको रकमसेवा सूविधासहित व्यक्तिगत खर्च व्यहोरेर प्रजा दम्पतीलाई व्यवस्थित बाँसको व्यवस्था गरिदिएका हुन् । जसको लागत ८ लाख रुपैँया रहेको छ । विवाह भएको ३५ औं वर्ष सम्म पनि निसन्तान रहेका प्रजा दम्पतीले धुसाराङमा खरको छानामुनि जसोतसो जीवन धानिरहेको थियो । ज्याला मजदुरी गरेर जीवन धानिरहेको प्रजा दम्पति तीनकोठे पक्की घर पाएपछि भने प्रफुल्ल देखिएका छन् ।

कैलाश गाउँपालिकालेनै प्रजा परिवारलाई पालिकाको अति विपन्न परिवार छनौट गरेपछि बानियाँलाई घर निर्माणका लागि सिफारिस गरेको थियो ।

घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले आफूले राजनीति केबल मानव सेवाको लागि गरेको बताएका छन् । उनले भने “गरिब निमुखालाई गाँस, बाँस, कपासको व्यवस्था गरिदिने सरकारको दायित्व हो । उनीहरुलाई आय आर्जन सँग जोडी गरिखान सक्षम बनाउनु सरकारको जिम्मेवारी हो । मागी खाने र ठगी खाने प्रथा अन्त्य गर्दै गरी खाने बनाउनु राज्यको धर्म हो । मैले त्यहि धर्ममा विश्वास गरेको छु ।”, “पालिकामा बाटोघाटो, शिक्षा र स्वास्थ्यसेवाको पहुँच उत्तिकै कम छ । अब पालिकाले स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न गरेपछि त्यहाँ आवश्यक जनशक्तिका लागि प्रदेश सरकारल समन्वय गर्छ ।”

बाँनियाले प्रजा दम्पतीलाई घरमै बसेर बाख्रा पालन गरी आय आर्जनको स्रोत जुटाउनका निम्ति २० हजार नगदसमेत हस्तान्तरण गर्नुभएको छ ।

त्यसोत, मुख्यमन्त्री बानियाँले यसअघि पनि गत कात्तिकमा मनहरीको ज्यामिरे– ९ बाह्रघरे टोलकी मिठुमाया सुनारको परिवारलाई पनि पक्की घर हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
2
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

नेपाल मोबाइल व्यवसायी महासंघको महाधिवेशनमा मकवानपुरबाट उम्मेद्वारी घोषणा

मकवानपुर । नेपाल मोबाईल व्यवसायी महासंघ (म्यान)को तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं  साधारणसभा आगामी  जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनको...

हेटौंडामा सडक विस्तार रोकियो

मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबारदेखि सुरु गरेको सडक विस्तार कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सर्वाेच्च अदालतबाट मंसिर...

प्रदेश सरकारलाई एकाइ जस्तो व्यवहार गरियोः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती  प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकारप्रति असन्तुष्टि जनाउँदै प्रदेशको अधिकार, संसदको स्वायत्तता र संघीयताको कार्यान्वयनका विषयलाई संसदमा प्रस्तुत गरेका छन् । सोमबारदेखि...