प्रगति माध्यामिक विद्यालयको स्वर्ण जयन्ती विविध कार्यक्रमसहित मनाइँदै

मकवानपुर । हेटौंडा–९ पशुपतिनगरस्थित प्रगति माध्यामिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव आयोजना गरेको छ ।

(आज) शनिबारदेखि सुरु भएको स्वर्ण जयन्ती विविध शैक्षिक, साहित्यिक तथा साँस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिने विद्यालय व्यवस्थापन समितीले जनाएको छ ।

विद्यालयले आयोजना गर्ने कार्यक्रमअन्तर्गत जिल्लास्तरीय शिक्षक सम्मेलन, विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप, विद्यार्थी सहभागितामा ¥याली, सरसफाइ कार्यक्रम, विद्यालय गान सार्वजनिकरण, शैक्षिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र मानव आश्रममा सहयोग लगायत रहेको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले बताए ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयले आफ्नो भौतिक तथा शैक्षिक विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र सामुदायिक सहभागिता विस्तार गर्ने लक्ष्य लिएको उनले बताए ।

साथै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लाछिानेले स्वर्ण जयन्तीका क्रममा सञ्चालन हुने सबै गतिविधि उदेश्यपूर्ण रहेको उल्लेख गरे । उनका अनुसार शैक्षिक, सिर्जनात्मक र व्यक्तित्व विकासमा टेवा पुग्ने कार्यक्रममार्फत विद्यार्थीहरूको समग्र विकासमा योगदान पु¥याउने लक्ष्य विद्यालयको रहेको छ ।

कार्यक्रमलाई सफल बनाउन अभिभावक, शिक्षक, विद्यार्र्थी, पूर्व विद्यार्थी तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहने अपेक्षा लिइएको उनले बताए ।

कार्यक्रमको अन्तिम दिन माघ ९ गते सरस्वती पूजा, स्वर्ण जयन्ती स्तम्भ अनावरण, साँस्कृतिक कार्यक्रम, सम्मान तथा समापन कार्यक्रमसँगै स्वर्ण जयन्ती महोत्सव सम्पन्न हुने विद्यालयले जानकारी दिएको छ ।

सोहि दिन विद्यालयमा विद्यालयका संस्थापक प्रधानाध्यापक स्वर्गीय राधादेवी शाहको प्रतिमा अनावरण गरिने विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

मनहरीमा भुमि अधिकार मंचले उम्मेदवारलाइ लालपुर्जा नपाएको भन्दै ध्यानाकर्षण पत्र बुझाए

मकवानपुर । मनहरी गाउँपालिका भुमी अधिकार मंचले नेकपाका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार लवशेर बिष्टलाई बफरजङ्ग र आरक्षण , भुमिहीन दलित...

कृषि संकट समाधान र सभामुख निर्वाचन शीघ्र गर्न समितिको माग

मकवानपुर । बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले कृषि क्षेत्रमा देखिएको मल तथा बीउबिजन अभावप्रति गम्भीर चासो व्यक्त गर्दै प्रदेश सरकारलाई तत्काल...

मकवानपुरमा ४७० किलो गाँजासहित बोलेरो पिकअप गाडी नियन्त्रणमा, चालक फरार

मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ । विहिबार विहान १ बजेको समयमा भीमफेदी गाउँपालिका...