हेटौंडामा नयाँ खेल मैदान बनाईने

मकवानपुर । मकवानपुरको हेटौंडामा नयाँ सार्वजनिक मैदान निर्माणकाे तयारी भईरहेकाे छ ।

हेटौंडा -४ नम्बर वडास्थित भुटनदेवी माध्यमिक विद्यालयकाे पूर्वी क्षेत्रमा खेल मैदान निर्माण गर्न लागिएकाे हाे ।

नियमित खेलकुद गतिविधि सञ्चालन गर्न, सार्वजनिक कार्यक्रम सञ्चालन गर्न र नियमित व्यायामका क्रीयाकलाप सञ्चालन गर्ने उदेश्यले बहुउदेश्यीय मैदान निर्माण गर्न लागिएकाे हेटौंडा ४ नं. वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले बताए ।

तत्काल मैदानकाे सरसफाई कार्य अगाडि बढाईएकाे र वडा, उपमहानगरपालिका, प्रदेश, संघीय सरकारकाे सहयाेग जुटाएर सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने उदेश्य रहेकाे अध्यक्ष सिग्देलले बताए ।

यता, खेल मैदान निर्माण पश्चात् विभिन्न विद्यालय, क्लबहरूले विभिन्न खेलकाे आयाेजना गर्नसक्ने र संघ, संस्था, संगठन र दलहरूले विद्यालयको नितिभित्र रहेर कार्यक्रम आयाेजना गर्न सक्ने विद्यालयका प्रअ सूर्यप्रसाद घिमीरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

मकवानपुरमा २८ हजारभन्दा बढीले दिए भूमिसम्बन्धी निवेदन

मकवानपुर । मकवानपुरमा भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या अझै जटिल बन्दै गएको देखिएको छ । जिल्लाभरबाट २८ हजार ८०१ जनाले भूमिहीन दलित...

जिरी घोषणापत्र जारी गर्दै सकियो नेपाल पत्रकार महासंघ बागमतीको बैठक

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रताको संरक्षण, सरकारी विज्ञापन प्रणालीमा पारदर्शिता, साना सञ्चारमाध्यमको प्रवर्द्धन तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायको...

मुअ थाईको दुनियाँ जित्दै गरेको नेपालको गौरव : सुरज ढकाल

सुरज ढकालको कथा एक प्रेरणादायक मार्शल आट्र्स गाथाजस्तै लाग्छ—चितवनको सानो सहरबाट अगाडि बढ्दै उनले केवल आफ्नो दृढ संकल्पको बलमा नेपालका सबैभन्दा सफल मुअ थाई...