पालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा, स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको कैलाश गाउँपालिकामा निर्माण गरिएको ‘विपि स्मृति कैलाश आधारभूत अस्पताल’ को उद्घाटन गरेका छन् ।

संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ लागतमा निर्माण गरिएको अस्पताल भवनको बुधबार मुख्यमन्त्री बानियाँले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

बुधबार कैलाश गाउँपालिकाको ९ औं स्थापना दिवसको अवसरमा पालिकामा पहिलो पटक निर्माण आधारभुत अस्पतालको उद्घाटन भएको हो ।

स्पताल निर्माणका लागि आशिष,आर्शिवाद,स्वामी, नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भएको थियो भने भवन निर्माण कार्य २०८२ असारमा सम्पन्न भएको हो ।अढाई तले भवनमा १० शैयाको अस्पताल सञ्चालनमा आएको छ ।

अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी व्यवस्था गरिएको छ । यसमा ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिस्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याब टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिक, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मी रहने व्यवस्था छ ।

तर हालसम्म स्वास्थ्य चौकीको दरबन्दी मात्रै कायम रहेको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले जानकारी दिए ।
अस्पतालबाट इमरजेन्सी सेवासहित स्त्रीरोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे तथा इसिजी लगायतका सेवा उपलब्ध हुने जनाइएको छ ।

करीब २१ हजार ८ सय ५६ जनसंख्या रहेको कैलाश गाउँपालिका मकवानपुरको सदरमुकाम हेटौँडा बाट करिब ४५ किलोमिटर टाढा पर्छ ।

जिल्लाकै कर्णाली भनेर चिनिने यस पालिकाका स्थानीयलाई उपचारका लागि हेटौँडा वा मनहरी बजार पुग्नुपर्ने बाध्यता थियो ।

अब स्थानीयस्तरमै अस्पताल स्थापना भएपछि स्वास्थ्य सेवामा पहुँच बढ्ने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

अस्पताल सञ्चालनमा आएपछि कैलाश गाउँपालिकाका १० वटै वडा तथा छिमेकी पालिका राक्सिराङ गाउँपालिका का वडा नम्बर ४ र का ९ का बासिन्दा लाभान्वित हुने उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले जानकारी दिए ।

अस्पताल २५ शैयामा विस्तार गरिने मुख्यमन्त्री बानियाको प्रतिबद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले मकवानपुरको दुर्गम कैलाश गाउँपालिकामा स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कैलाश गाउँपालिकास्थित विपि स्मृति कैलाश आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विकट भूगोलका कारण पछाडि परेको यो क्षेत्र अब विकासको नयाँ चरणमा प्रवेश गर्ने बताएका हुन् ।

उनले कैलाशका डाँडाकाँडामा बस्ने नागरिकले बाटो, स्वास्थ्य, शिक्षा, खानेपानी र सिँचाइ जस्ता आधारभूत सुविधामा अब धेरै समय अभाव भोग्न नपर्ने विश्वास दिलाए ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले युवालाई ‘पढ्दै र कमाउँदै’ गर्ने अवसर सिर्जना गर्ने योजना अघि सारेको जानकारी दिए । उनका अनुसार १० कक्षा अध्ययन गरेका वा एसईई दिएका विद्यार्थीलाई पालिकासँग समन्वय गरेर १८ महिने वा ६ महिने प्राविधिक शिक्षा प्रदान गरिनेछ ।

यसअन्तर्गत ब्युटिसियन, ड्राइभिङ, अटो मेकानिक लगायतका सीपमूलक तालिम सञ्चालन गरिने उनले बताए ।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै हाल १० शैयाको अस्पताललाई २५ शैयामा विस्तार गर्ने योजना प्रदेश सरकारले अघि बढाएको उनले जानकारी दिए ।

साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाका चिकित्सकहरुले समय–समयमा यहाँ आएर सेवा दिने व्यवस्था सरकारले मिलाउने उनको भनाइ थियो । महिनामा वा पन्ध्र दिनको अन्तरालमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरिएको छ ।

यसैगरी लामो समयदेखि प्रतिक्षामा रहेको चुनिया–नामटार हुँदै कैलाश गाउँपालिका जोड्ने सडक निर्माण प्रक्रिया पनि अघि बढाइएको मुख्यमन्त्री बानियाँले बताए ।

प्रदेश सरकारले प्रत्येक वडालाई पालिकासँग र पालिकालाई प्रदेशको राजधानीसँग सडक सञ्जालमार्फत जोड्न आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता उनले जाहेर गरे ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार जनताप्रति उत्तरदायी, पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताए ।

उनले प्रदेश सरकारको विकास नीति गाउँमुखी, आयमुखी, सेवामुखी र न्यायमुखी हुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

सकसमा बागमतीको बजेट आफ्‌नै सांसद् रिझाउनुपर्ने चुनौतीमा सरकार

सुनिता बिष्ट हेटौंडा/बागमती प्रदेश सरकारले असार १ गते ल्याएको बजेट तथा कार्यक्रमका विषयमा सांसद्हरुले असन्तुष्टि जनाइरहेका छन् । जसको प्रभावका कारण बिहीबारका लागि आह्‌वान भएको...

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि संशोधन

मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि संशोधनलाई पारित गरेको छ । विहिबार प्रदेशको राजधानी हेटौँडामा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले...

बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभाको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको वर्षे अधिवेशन...